के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

शत्रु गुञ्जा
धर्म कला र संस्कृति कुनै देशसङ्ग यत्ति शक्ति छैन जुन नेपाल भित्र भरिएर रहेका छन् तर एकले अर्काको सम्मान नगरे पछि कुनै देशले सम्मान गर्देैन र धर्म कला र संस्कृतिको पहिचान हुदैन । देशभित्र सबै जातिका आआफ्नै संस्कृति धर्म कला छन् र आआफ्नो जातिको लागि सबै उत्तिकै महत्वपूर्ण छन् ।

बर्षभरि एक न एक चाड नआएको सायदै कुनै दिन हुदैन होला तर मानिस आज अंहकार बन्दै गैरहेका छन् । आफ्नो धर्मप्रति कसैलाई बिस्वास छैन कलाको कसैलाई सम्मान छैन र आफ्नो संस्कृति प्रति कसैले कदर गर्दैनन् । यो आजको समय हो यहाँ मानिससङ्ग समय छैन व्यस्तता र यात्राविहिन मानिसहरुले खचाखच भरिएको छ नत्र हस्पिटल खोलिने ठाउँमा वृद्ध आस्रम खोलिने थिएन । आमा बाबालाई पहिलो भगवान मानिने देशमा बसेर पहिलो भगवानलाई नै आज हामिले वेवास्ता गरिरहेको छोै अनि यो कला र संस्कृति त्यहीँ आमा–बाबाबाट आउने भएर कला र संस्कृति लाई एकै ठाउँ राखिदिएको चिज नै सायद पहिलो धर्म भित्र पर्छ भन्ने अनुमान गर्न सकिन्छ ।

हिन्दु, बोैद्ध, किरात, स्लाम, इसाई, किँरात, जैन, शिख, कृश्चिय, बोन र अन्य धेरै जाति बसेको देश एक मात्र देश नेपाल नै हो । साथै धर्म अनुसारको देशभरि चाडपर्व मानिने देश पनि नेपाल नेै हो जुन आजको मिति ले यो सबै एउटा किताबमा सिमित बनाईसकेको अवस्था छ । छत्तिस बर्णमाला लगाएको देश एक मात्र नेपाल तर आज थुङ्गा थुङ्गा चुडिरहेको छ किन ? के हामी आफैबाट भागिरहेको छोै या त समयले हामिलाई भाग्न बाध्य बनाएको छ । धर्म हामी मान्दैनोै कला हामिलाई थाहा छैन संस्कृति भनेको के हो भनि जवाफ दिन सक्दैनोै । हैन भने देशभित्र एक अर्कामा सम्मान चाहिन्छ एकले अर्काको प्रथालाई मेरो भन्न सक्नु पर्छ यसरी नै सहरिया जीवन या बिदेशि जिन्दगी चाहिने भए देश भन्दा पहिला शरिर नाङ्गो बनाउनु आवाश्यक छ किन कि देशको सुरुवात नै यी तीन कुरा बाट भएको थियो आज यहीँ नभए देश किन या के का निमित्त, कि धर्म नछोड् कि कर्म नछोड् कि शर्म नछोड् आज नेपालीले सबै त्याग गरे मात्र शर्म अपनाए कलियुग आयो दुख आयो तर किन आयो के सबै सुखको नजिक अथवा खोजिमा छन् त पण्डितदेखि चोर फटाह लुटेरा घुसखोरि देशै खान खोज्ने नेता अन्य के सबै खुशी छन्, सुख खुशि खोज्ने क्रममा हामिले हाम्रो पुर्खाले बनाएका राम्रो पाठहरु नै भुलिसक्योै । अब त आत्मा त्याग गरि भनेर मुख आ.. गरेर बसेको छन् यहीँ नै धर्म अनुरुप कलियुग लागेको छ ।

अब कसले कसलाई बचाउने किन जोगाउने प्रश्न ? नेपाल भित्र प्रमुख र पहिलो स्थान धर्म कला र संस्कृति नै छ तर आज हराउदै आएको छ । आआफ्नै परिभेषमा मिथिला चित्रकला शिल्पकला हस्तकला गित सङ्गीत बाजागाजा भेषभुषा ठट्योैलि रत्योैलि भाषा सिँलाई बुनाई लोककला बालकला शाश्त्रीय कला मुल तथा मोैलिक कला अन्य विविध कलाहरु पुर्वदेखि पश्चिम उत्तरदेखि दक्षिणसम्म धर्म कला र संस्कृतिले भरिपूर्ण राज्य आज कताकता देखेको या सुनेको मात्र भैरहेको छ । देशभर आआफ्नो मोैलिक बोकेर बसेको समुदाय अन्य जाति हामी एकछोेै र एक भएर नै अगाडि बढ्दा देशको पहिचान हामी नेपालीको पहिचान प्रस्ट रुपले अगाडि आउछ । आजको समयलाई मात्र नखोजोै हाम्रो पहिचान नै हाम्रो मोैलिकता हो हाम्रो धर्म हो । नेपालमा बोलिने भाषा १२४ जातजातिको संख्या १४२ साथेै नेपालमा मानिने धर्म १० यो २०७८ को जनगणना ले बताएको छ । एकले अर्काको मोैलिकता धर्म कला र संस्कृति को सम्मान गरोै र साथ रहोै । यो सबै भन्दा अगाडि हामी मानिस अनि हामिलाई बनाउने नै धर्म कला र संस्कृति हो ।

8 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal