#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

काठमाडौं । सामाजिक सञ्जालको सही प्रयोग, डिजिटल साक्षरता र सुरक्षित अनलाइन वातावरण निर्माण गर्ने उद्देश्यले #MDR Team ले सामाजिक सञ्जालका फाइदा तथा बेफाइदाबारे विशेष भिडियो क्याम्पेन सञ्चालन गर्ने भएको छ ।

MDR Team का संयोजक केदार तिमिल्सिना पेशाले आईटी इन्जिनियर हुन्। ओखलढुङ्गामा जन्मिएका तिमिल्सिना हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी Nepal Viral Monetization Group एडमिन तथा MDR Group का टिम लिडर रहेका छन् । नेपालमा फेसबुक मोनिटाइजेसन सुविधा सुरु भएपछि नेपाली क्रिएटरहरूलाई संगठित र सक्षम बनाउने उद्देश्यले उनले MDR Team स्थापना गरेका हुन्। टिमका अनुसार MDR Team मा नेपालका ७६ जिल्ला तथा विश्वका करिब २३ देशमा बसोबास गर्ने नेपालीहरूको सक्रिय सहभागिता रहेको छ। यसले टिमको पहुँच अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार भएको देखाउँछ ।

MDR Team को कार्यलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संयोजक केदार तिमिल्सिना सहित ११ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालयमा निर्मल योगी, गीता खड्का, राजेन्द्र प्रसाद रेग्मी, अमृत गुरुङ, हिमबहादुर शाही, कविता घिमिरे, सुरेश कुमार तिमिल्सिना, रञ्जना श्रेष्ठ, विकास मगर आले कान्छो,सुर्य बहादुर खडका सदस्यका रूपमा रहेका छन्।यसअघि पनि MDR Team ले “I Am With MDR”, “#MDR Live With MDR Leader” लगायत विभिन्न सचेतना तथा डिजिटल क्रिएटर केन्द्रित क्याम्पेनहरू सञ्चालन गरिसकेको थियो। ती अभियानहरूले समुदायलाई जोड्ने, क्रिएटरहरूलाई प्रोत्साहन गर्ने तथा डिजिटल प्लेटफर्मको सही उपयोगबारे जागरूकता फैलाउने कार्य गरेको टिमले जनाएको छ। क्याम्पेनमार्फत सामाजिक सञ्जालको सही प्रयोग, डिजिटल सुरक्षा, साइबर अपराधबाट बच्ने उपाय, समय व्यवस्थापन तथा सामाजिक सञ्जालका अवसर र चुनौतीबारे जानकारीमूलक भिडियोहरू सार्वजनिक गरिनेछ। विशेषगरी युवा पुस्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएका भिडियो सामग्रीले जिम्मेवार र सुरक्षित डिजिटल अभ्यासलाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ।

#MDR टिमका प्रतिनिधिहरूले सामाजिक सञ्जाल ज्ञान, सूचना आदानप्रदान, व्यवसाय प्रवर्द्धन तथा सामाजिक अभियानका लागि प्रभावकारी माध्यम भए पनि यसको दुरुपयोगले गलत सूचना, साइबर बुलिङ, ठगी तथा मानसिक स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेतना आवश्यक रहेको बताएका छन्। उक्त क्याम्पेनमा विभिन्न क्षेत्रका विज्ञ, सामाजिक अभियन्ता तथा डिजिटल मार्केटिङसँग सम्बन्धित व्यक्तित्वहरूको सहभागिता रहनेछ।

#MDR टिमले सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्तालाई अभियानमा सहभागी भई सचेत डिजिटल समाज निर्माणमा योगदान दिन आग्रह गरेको छ। उक्त नयाँ भिडियो क्याम्पेनमा सहभागीहरूमध्ये उत्कृष्ट प्रस्तुति दिने १०० जना सहभागीलाई विशेष सम्मान प्रदान गरिने तथा उनीहरूको नाम MDR Team का हरेक सदस्यले आफ्ना सामाजिक सञ्जाल प्रोफाइलमार्फत सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। यसले सहभागीहरूलाई थप प्रोत्साहन र पहिचान दिलाउने विश्वास गरिएको छ। टिमले सामाजिक सञ्जालको सकारात्मक प्रयोग, डिजिटल सुरक्षा, साइबर अपराधबाट बच्ने उपाय, गलत सूचनाको पहिचान तथा जिम्मेवार अनलाइन व्यवहारबारे जनचेतना फैलाउने लक्ष्य राखेको जनाएको छ। “सामाजिक सञ्जाललाई अवसरको माध्यम बनाऔं, दुरुपयोगबाट बचौं र जिम्मेवार डिजिटल नागरिक बनौं ।”

103 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal