त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

शत्रु गुञ्जा
वि.संं २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटि राजदरबारमा राजा बिरेन्द्र अनि उनका परिवार त्यो कालो दिन देश बिभत्स हुँदै जनता रोएको दिन ।
ठुलो चलखेल भयो ठुलो दल नै यसमा सामेल भए राजतन्त्र मासिएर जानू नै कुर्सी हत्याउने खेल बन्यो निकै ठुलो खेल रचियो लगत्तै देशभित्र एउटा नयाँ बाटो खुल्यो नयाँ मान्छेको राज अनि चैन बढ्यो । राजनन्त्रको अन्त्य नै नयाँ राजनितिज्ञको निम्ति सजिलो बाटो बन्यो त्यो दरबार त्यो बालुवाटार अनि पुरै देश आफ्नो हातमा पुरै जनता आफ्नो मुठ्ठिमा पुरै पावर र पैसा आफ्नो बैंक खातामा कत्ति सजिलो थियो जे चाहान्थे त्यहीँ भयो । देश बिकाशको लागि जनतालाई ऋण बोकाईयो, भ्याट लगाईयो, बिदेशबाट पठाएको पैसाले देश चल्ने बनाईयो । यत्तिका बर्ष कसैले हिम्मत देखाएनन् त्यो पाना पल्टाउन सबैलाई थाहा छ सबैको मिलेमतोमा भएको त्यो हत्याको र कसको हातमा हतकडि लाग्छ सबैलाई राम्रो सङ्ग थाहा छ जो कानुनलाई किनेर बसेका छन् ।

अब नयाँ कानुन बनोस् नयाँ इतिहास लेखियोस् हत्या कलियुगमा सामान्य भएको छ जेगरे पनि कानुनको के चल्छ यो सबैलाई थाहा नै छ निर्मला पन्त जस्ता कलिला बालिका या कुनै नारिको बलत्कार पछि बिभत्स हत्या हुन्छ आजसम्म कुन कानुनले त्यस्ता हत्यारालाई हदसम्म कारबाहीको दाहेरा भित्र ल्याएको छ झनै पहुँच पुगेकाहरुले त त्यहीँ नारिमाथि कालो पोतेका घटना प्रशस्तै छन् ।

हत्या हिंसा त सामान्य हो आजको समयमा यो सबै स्वतन्त्र भएपछि नेै सुरुवात भएको हो नभए पहिला नै निर्मला हत्याकाण्डको हत्यारा पत्ता लागिसक्ने थियो यस्ता कैयोै केश आज कानुन भित्रको दराजमा थन्किएर बसेको छन् । दिनदिनै हुने यो प्रथा झै बनिरहेको छ ।

अबको त्यो पाना पल्टाईरहदा राजाको मात्र हैन जनताको पनि पाना पल्टाईयोस् जनताको मृत्यु सामान्य हैन मृत्यु सबैको भयाबह नै थियो पहुँच भएका व्यक्ति पैसामा बाहिर आउन नपाउन् कि त मृत्युदण्डको सजाय नै निर्माण गरियोस् नयाँ संविधानमा लेखियोस् ।

अनेक गतिविधि जस्तै सुनकाण्ड, सहकारि ठगि काण्ड, सरकारि कक्ष भित्रको घुस काण्ड, ठेकेदारि, मेनपावर सबैको एकएक किताब खोलियोस् । कुनै दादागिरि तथा गुण्डागर्दि साथ साथै लागू औषध ओसार पोसारमा कार्यरत यहाँ सबैलाई हदै सम्मको कारवाहि गरिने नियम लागू होस् ।

आज खोक्रो भाषणको देश नेपाल अनि प्रकृतिले दिएको सुन्दर आँगन हुदाँ पनि जनता नै गरिबिको चपेटा भित्र शरिर खियारहेका छन् । प्रदेशि भुमिमा बेचिरहेका छन्, यो रोजगार त भाषणमा मात्र सिमित बन्यो त्यो राहदानि बनाउन सरल र सुबिधा दिनु नै युवा तथा युवती बेच्नलाई हो ।

देश भित्रको महङ्गाई यसरी नै बडढरहने हो भने पक्कै एकदिन प्रदेशिएको छोरा छोरीले आफ्नो परिवार पाल्न सक्ने छैन कि नयाँ सरकारले हातमाथि उठाउन् कि त नयाँ परिभेष लाई समेटुन हैन भने सिमानाको कागँज छिमेकिको हात मा सुम्पिदिउन् ।

नयाँ पाना खोल्दा यी सबै घटनालाई मध्यनजर गर्नु पर्छ साथै संसद भवन देशको समस्या अनि जनताको गुनासो सुधार गर्न निमित्त ढोका खुल्ला रहोस् या आआफ्नो पार्टि र आआफ्नै गुनासो सुनाउन र सुन्नलाई ढोका बन्द होस् जय देश जय नरेश ।

14 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal