ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो पर्दै गएको छ । शुक्रबार ओलीको निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकमा बोल्ने उपाध्यक्षहरुले ओलीको कार्यशैलीको विरोध गरेका थिए ।

उपाध्यक्ष रामबहादुर थापा बादल बाहेकका अन्य चारजना उपाध्यक्षहरुले ओलीको नेतृत्व कमजोर भइसकेकाले अब उनीबाट पार्टी अघि बढ्न नसक्ने धारणा राखेका थिए । उनीहरुले पार्टीमा पनि रुपान्तरण र पुस्तान्तरण आवश्यक भएको भन्दै ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, पृथ्वी सुव्वा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको कार्यशैलीको टिप्पणी गरेका थिए । उपाध्यक्ष पृथ्वीले त ‘पार्टी तपाइको प्राइभेट कम्पनी हो ? भनेर प्रश्न गरेका थिए । अर्का उपाध्यक्ष पौडेलले पनि ‘अब तपाइबाट पार्टी चल्दैन’ भनेका थिए । ओलीको पक्षमा बोलेका उपाध्यक्ष थापाले भनें यो असहज अवस्थामा अध्यक्षको विरोध गर्नुभन्दा पनि साथ दिएर जानुपर्ने बताए । थापाको कुरालाई लिँदै ओलीले पनि ‘पार्टीको लाइन यही हो’ भनेका थिए ।

गत फाल्गुण २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको नतिजा अत्यन्तै कमजोर आए पनि ओलीले भनें यसलाई खासै चासोका साथ हेरेका छैनन् । के कारणले पार्टीको यो अवस्था आयो भनेर समीक्षा गरेर पहिले नै निश्कर्ष निकाल्नुपर्ने भए पनि ओलीले यसलाई गम्भीर रुपमा लिएका छैनन् । ओलीले पनि झापा–५ बाट लज्जास्पद ढंगले हार व्यवहोरेका छन् । १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले जम्मा ९ सिटमात्र जितेको छ । एमालेका नेताहरु हिजोको दिनमा ओलीको विरोधमा बोल्न सक्दैनथे । आफ्नो विरोधमा बोल्नेलाई ओलीले भोलिको दिनमा कुनै पनि अवसर नदिने र सधैं बक्रदृष्टिले हेर्ने भएकाले पनि ओलीले जे भने पनि जे गरे पनि नेताहरु चुपचाप लागेर बस्ने गरेका थिए । अब यसरी पार्टी चल्न सक्दैन भन्ने लाग्दालाग्दै पनि चुपचाप बसेका नेताहरु बोल्न थालेपछि ओलीलाई नैतिक दवाव सृजना भएको छ तर उनले यसलाई कुन ढंगले लिन्छन् भन्ने कुरा मुख्य प्रश्न हो ।

गत मंसिरमा भएको महाधिवेशनबाट ओली तेस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका थिए । ओलीले महाधिवेशनअघि आफुलाई अनुकूल हुने विधान बनाएर आफ्नो शक्ति प्रदर्शन गरेका थिए । ओली विरामी छन् तर पनि उनी अझै पार्टीलाई आफ्नो पक्षमा नै पार्न खोजिरहेका छन् । उनी त आफ्नै कारणले पार्टी पुनजिर्वित भएको भन्न पनि पछि पर्दैनन् । पार्टीभित्र विशेष महाधिवेशनको कुरा पनि अघि बढेको छ तर ओलीले यसलाई पनि स्विकारेका छैनन् । यो बेलामा पार्टीलाई राम्रो बनाएर लाने कि यस्तै अवस्थामा दुःखले चलाउने भन्ने निर्णय गर्ने अधिकार ओलीमा नै छ ।

28 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

This is Test by Web house Nepal

२०८३ असार २३ गते, मंगलवार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal