वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

दिपु खड्का
अहिले वर्षाको मौसम सुरु भइसकेको भन्दा पनि हुन्छ । काठमाडौं लगायत देशका विभिन्न भागमा अहिले दिनहुँ वर्षा हुन लागेको छ । वर्षाको समय आउन लागेकाले सम्भावित खतराबाट बच्नेगरी उपाय अपनाउनु सबैको कर्तव्य बनेको छ । भोलिको दिनमा पूर्वतयारी नगरेकै वर्षाले ठूलो क्षति ग¥यो भनें त्यतिबेला पछुताउनुको विकल्प नहुने भएकाले पनि बेलैमा पूर्वतयारी गरेर समाधानको बाटो खोज्नुपर्ने बेला आएको छ ।

ठूलैखालको विपतको सामना गर्न त जतिसुकै पूर्वतयारी गरे पनि सम्भव छैन तर पनि न्यूनतम सुरक्षाका बाटा भनें सबैले खोज्नैपर्छ । बाढीपहिरो, हावाहुरी र वर्षा कतिबेला कसरी आउँछ भन्ने थाहा नहुने भएकाले पनि सम्भावित खतराबाट जोगिन सकेसम्म उपाय अपनाउनु नै बुद्धिमानी हुन्छ । विगतमा पनि असार–साउनमा आउने वर्षाका कारण धेरै मानिसको घरजग्गा गुमेको छ भनें कति मानिस घरवारविहीन भएका थिए, साँच्चै भन्ने हो भनें उनीहरुको उचित व्यवस्थापन हुन पनि निकै समय लाग्ने गरेको छ । अझै पनि नेपालका धेरैजसो ठाउँमा मानिसहरु खोलाको बगरमा र छेउछाउमा घर बनाएर बस्ने गरेका छन्, उनीहरुको लागि वर्षाको समय भनेको सधैं कठिन नै हुन्छ । ठूलो प्रकारको पानी र आपतमात्रै होइन सानै वर्षा हुँदा पनि अब यसले अप्ठ्यारो पार्छ कि भनेर मानिसहरु त्रसित हुन थाल्दछन् ।

अहिले तीन तहको सरकार छ । ती सबै सरकारको आ–आफ्नो जिम्मेवारी छ त्यसैले पनि सबै सरकार मिलेर यस्तो जोखिमपूर्ण वस्तीको व्यवस्थापन गर्नेतिर आजै ध्यान दिनुपर्दछ । जुन सरकारले जे गर्न सक्छ त्यतिमात्रै गर्न सके पनि तत्कालको लागि समस्याबाट थोरे भए पनि छुटकारा पाउन सकिन्छ । खोलाको बगरमा वा छेउमा भएका घर र वस्तीलाई अन्यत्र सार्नु सधैका लागि उपयुक्त विकल्प हो भनें अस्थायी रुपमा भए पनि अर्को वैकल्पिक स्थान खोजेर त्यहाँ सार्नु अल्पकालीन सुरक्षित उपाय हो । बाढीले धनजनको क्षति हुने, भौतिक संरचना ध्वस्त गर्ने कुरा एउटा भए पनि कमसेकम मानवीय दुर्घटना नहुनु भनेको पनि राम्रो पक्ष हो । यसअघिका वर्षाका बेला समयमा उद्वार नपाएर कतिपय मानिसले ज्यान गुमाएको देखेका नै हौं ।

सरकारले पनि यतिबेला के–कस्तो समस्या आउँछ त्यसलाई बुझेर सकेसम्म बढी समाधानका उपायहरु निकाल्नुपर्छ । अप्ठ्यारोमा परेकालाई तत्काल हेलिकोप्टरबाट उद्वार गर्नुपर्ने भए पनि तत्कालै जान मिल्नेगरी व्यवस्थापन गर्नु सरकारको कर्तव्य हो । यो र त्यो कारण देखाएर समयमा नै उद्वार गर्न नसक्नु सरकारको कमजोरीको सूचक हो । सरकार जनताको भएकाले जनतालाई दुःख पर्दा सरकारलाई पनि पोल्नुपर्छ त्यसैले पनि नागरिकको जीवन रक्षा गर्ने सबैभन्दा पहिलो जिम्मेवारी सरकारको नै हो, यो अभियानलाई जनताले पनि साथ दिनुपर्छ । कतिपय ठाउँमा गाउँ छोड्न नचाहने मानिसका कारण पनि जोखिम बढेको र भोलिको दिनमा समस्या पर्ने गरेकाले पनि नागरिकले पनि सरकारका राम्रा योजनामा साथ दिनुपर्ने बेला भएको छ ।

105 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal