रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
चितवन । चितवनको रत्ननगरस्थित रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी निर्वाचन २०८२ बैशाख २० गते हुने तय भएको छ । संस्थाको नेतृत्व चयनका लागि विभिन्न पदमा उम्मेदवारहरू मैदानमा उत्रिएका छन् भने अध्यक्ष पदका लागि दीपक राज पौडेल प्रमुख दाबेदारका रूपमा अघि आएका छन्।

दीपक राज पौडेलले “स्वच्छ पानी, सबल सेवा, समृद्ध रत्ननगर” भन्ने मूल नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्। उनले संस्थालाई जिम्मेवार, पारदर्शी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्वच्छ खानेपानीको सहज आपूर्ति, उपभोक्तामैत्री सेवा र दीगो विकासलाई आफ्नो प्राथमिकतामा राख्दै उनले मतदातासँग समर्थन मागेका छन्।
उम्मेदवारहरूको टोलीमा उपाध्यक्षमा रामहरी अधिकारी, सचिवमा प्रताप डल्लाकोटी, कोषाध्यक्षमा सिर्जना सापकोटा भित्रे तथा लेखा संयोजकमा जीवन लाल नगरकोटी रहेका छन्। सबै उम्मेदवारहरूले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन्। निर्वाचनमा विभिन्न चुनाव चिह्नहरू समेत तोकिएका छन्, जसले मतदातालाई आफ्नो रोजाइको उम्मेदवार छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
संस्थाको नेतृत्व चयनका लागि हुने यस निर्वाचनलाई रत्ननगर क्षेत्रमा महत्त्वपूर्ण रूपमा हेरिएको छ। “हाम्रो प्रतिबद्धता, हाम्रो रत्ननगर” भन्ने सन्देशसहित उम्मेदवारहरूले स्वच्छ पानी र स्वस्थ जीवनको लक्ष्य पूरा गर्ने अठोट व्यक्त गरेका छन्। निर्वाचनको दिन नजिकिँदै जाँदा मतदाताहरूमा उत्साह बढ्दो देखिएको छ भने उम्मेदवारहरू मत माग्न घरदैलो अभियानमा सक्रिय छन्।
ताजा
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवार
पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल
२०८३ आश्विन १८ गते, आईतवार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





