सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको १३ औँ महानिरीक्षकमा नारायणदत्त पौडेलको बढुवा भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी पौडेललाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक राजु अर्याल यही वैशाख १८ गते अनिवार्य अवकाशमा जाने भएपछि सरकारले एआईजी पौडेललाई आइजीपी बनाउने निर्णय गरेको हो । तीन दशकभन्दा लामो सुरक्षा सेवाको अनुभव बोकेका सुरक्षा अधिकारीका रूपमा पौडेल परिचित छन् । नेपाल प्रहरीबाट करियर शुरू गरेका पौडेल २०५८ वैशाख ४ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका पौडेलले नेपाल प्रहरीमा रहँदा रोल्पामा स्ट्राइकिङ टोली कमान्डरका रूपमा कार्य गर्दै चुनौतीपूर्ण सुरक्षा अवस्थामा प्रभावकारी नेतृत्व प्रदर्शन गरेका थिए । सुर्खेतको साविक जर्बुटा गाविस–५ मा जन्मिएका पौडेल संगठनमा सरल र मिजासिला मानिन्छन् ।

65 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal