आजदेखि बूढानीलकण्ठ मन्दिर खुला
काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आज आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले राससलाई जानकारी दिए । बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्ने पनि उनले जानकारी दिए ।
नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ । मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ ।
ठूलो शिलामा जलमाथि भगवान् शयन गर्नुभएको अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ । (रासस)
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





