नेपालमा कोरोनाबाट मृत्यु हुनेको दर बढ्दै

२०७७ पुष ५ गते, आईतवार

काठमाडौं । सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा।राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०।६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १।०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।
देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ ।
पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।

93 Views

ताजा

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

एक साताका लागि निषेधाज्ञा थप

२०७८ असार ३ गते, बिहीबार

शेषकान्त फाउण्डेशनद्धारा धादिङका ४ वटा स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान

२०७८ असार ३ गते, बिहीबार

रोनाल्डोको नया कीर्तिमान

२०७८ असार १ गते, मंगलवार

सुशान्तको यादमा रिया लेख्छिन्, ‘प्लिज, फर्केर आउ’

२०७८ असार १ गते, मंगलवार

सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने

२०७८ असार १ गते, मंगलवार

फ्रान्सविरुद्ध जर्मनी : यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

पोर्चुगल भर्सेज हंगेरी – यी हुन् हेर्नलायक खेलाडी

२०७८ असार १ गते, मंगलवार

अभिनेत्री निशाको उपचार नर्भिकले निःशुल्क गर्ने

२०७८ जेष्ठ २८ गते, शुक्रबार

हराएकी मायाको खोजी गरिदिन परिवारको आग्रह

२०७८ जेष्ठ २८ गते, शुक्रबार

यी लक्षणले बताउँछन् भिटामिन सीको कमी, आँखाको ज्योति जाने खतरा

२०७८ जेष्ठ २८ गते, शुक्रबार

लोकप्रिय

बुढाथोकी नेतृत्वको माओवादीद्वारा नागरिकता अध्यादेशको घोर विरोध

२०७८ जेष्ठ ११ गते, मंगलवार

प्रहरी निरीक्षक भोजराज पाण्डेयकोे विदाई गर्दा गाउँले चिन्तित

२०७८ जेष्ठ ९ गते, आईतवार

सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार

गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.

२०७८ बैशाख २३ गते, बिहीबार

समाजसेवि खड्का द्धारा जन्मदिनको खर्च बालआस्रमलाइ सहयोग

२०७७ चैत्र १६ गते, सोमबार

विश्व हिन्दु महासंघको भारत अध्यक्षमा मोदी

२०७७ माघ २१ गते, बुधबार

लडाइँमा नहार्ने देश यत्रा–यत्रा डल्लासँग किन हार्नेः–प्रधानमन्त्री ओली

२०७७ माघ २० गते, मंगलवार

म्यानमार सैनिक ‘कू’ : सत्ता सेनाको हातमा, संकटकाल घोषणा

२०७७ माघ १९ गते, सोमबार

सात जना नक्कली पीसीआर रिपोर्टसहित पक्राउ

२०७७ पुष १९ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal