गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

२०८२ चैत्र २२ गते, आईतवार

काठमाडौं, चैत्र २२ । मानव अधिकार तथा शान्ति प्रतिष्ठान नेपालले जेनजी आन्दोलनका बारेमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गृहमन्त्री सुधन गुरुङको आदेशमा पक्राउ गरिएकोमा आपत्ति जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष मानबहादुर थापाले चैत्र १९ गते एक विज्ञप्ती जारी गरी आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रतिष्ठानले आन्दोलनको पक्षमा लागेर हिँडेका कार्कीसमेत विवादित व्यक्ति भएको पनि जनाएको छ । प्रतिष्ठानले प्रतिवेदन पूर्वाग्रही र एकपक्षीय भएको भन्दै विज्ञप्तीमा खण्डन गरेको छ । प्रतिष्ठानले २००७ सालदेखि २०६२÷६३ सालसम्मको विभिन्न आन्दोलनका क्रममा छानविन आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएकोतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिष्ठानले गैरकानुनी ढंगले पक्राउ गरिएका ओली र लेखकलाई तत्काल रिहा गर्न माग गरेको छ । मानवअधिकारको सम्मान गर्न आग्रह गर्दै प्रतिष्ठानले भनेको छ–‘आगामी दिनमा सरकारले दुई तिहाइको भरमा राष्ट्रघात हुने वा राष्ट्रिय स्वाधीनतामा आँच आउने गरी सन्धीसम्झौता नगर्न, पञ्चशीलताको आधारमा परराष्ट्रनीति अवलम्बन गर्न हाम्रो संस्था जोडदार माग गर्दछ ।’ प्रतिष्ठानले अन्तर्राष्ट्रिय कानुन तथा मापदण्डको विरुद्धमा कलिला विद्यार्थीलाई ड्रेससहित आन्दोलनमा जान प्रेरित गर्नु पनि गलत भएको निश्कर्ष निकालेको छ ।

18 Views

ताजा

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित

२०८३ बैशाख १५ गते, मंगलवार

सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल

२०८३ बैशाख १४ गते, सोमबार

‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’

२०८३ बैशाख १४ गते, सोमबार

यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय

२०८३ बैशाख १४ गते, सोमबार

अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी

२०८३ बैशाख १४ गते, सोमबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal