आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन
काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १२औँ विश्व सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटनपछि शनिबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने संघले जनाएको छ।
नेतृत्वका लागि ठूलो विवाद र गुटबन्दीका कारण विभाजनको संघारमा पुगेको एनआरएनएको यो सम्मेलनले मुख्यतः सहमति र सहकार्यको खोजी गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष पदका लागि बेलायतबाट डा। हेमराज शर्मा र अमेरिकाबाट रविनराज बज्राचार्य चुनावी मैदानमा छन्।
अर्का उम्मेदवार रोविनप्रसाद शेरचनले डा।शर्मालाइ समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्। अमेरिकाका उम्मेदवार बनेका बज्राचार्य व्यवसायी हुन् भने डा। शर्मा संघको विधान र नीतिगत पक्षमा दख्खल राख्ने पूर्वपदाधिकारी हुन्। दुवै उम्मेदवारले आ–आफ्नो प्यानलसहित विश्वभरका प्रतिनिधिहरूमाझ मत मागेपनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको अध्यक्ष बद्री केसीले जानकारी दिए।
संघका अध्यक्ष केसीकाअनुसार यसपटकको निर्वाचनमा विश्वभर रहेका ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक तथा अनलाइन ९भोटिङ० माध्यमबाट सहभागिता जनाउँदैछन्। संस्थालाई सबैको अपनत्व हुने गरी अगाडि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाई छ।
निर्वाचनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारी नपर्दा वा दाबी फिर्ता भएपछि विभिन्न व्यक्तिहरू निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेहरूमा अधिकांश क्षेत्रीय र विशेष पदहरू रहेका छन्।
निर्वाचन समितिका अनुसार निर्विरोध हुनेहरूमा उपाध्यक्ष ९महिला०तर्फ रोजिना प्रधान राई, सचिव ९महिला०तर्फ राधिका गुरुङ र कोषाध्यक्ष ९महिला०तर्फ संगीता मरहठ्ठा रहेका छन्। यस्तै, क्षेत्रीय संरचनातर्फ अफ्रिका क्षेत्रको संयोजकमा चक्रबहादुर थापा, ओसियाना क्षेत्रको संयोजकमा दीपक शर्मा र मध्यपूर्व क्षेत्रको संयोजकमा मनोजकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन्।
महिला र युवा संयोजकका केही क्षेत्रीय पदहरूमा पनि निर्विरोध चयन भएको छ, जसले गर्दा चुनावी प्रतिस्पर्धा अब मुख्य पदाधिकारीमा सहमति भए कार्यसमिति निर्विरोध निर्वाचित हुनेछ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





