आजदेखि काठमाडौंमा एनआरएनएको १२औं विश्व सम्मेलन
काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को १२औँ विश्व सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सम्मेलनको उद्घाटनपछि शनिबार साँझदेखि नै नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने संघले जनाएको छ।
नेतृत्वका लागि ठूलो विवाद र गुटबन्दीका कारण विभाजनको संघारमा पुगेको एनआरएनएको यो सम्मेलनले मुख्यतः सहमति र सहकार्यको खोजी गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष पदका लागि बेलायतबाट डा। हेमराज शर्मा र अमेरिकाबाट रविनराज बज्राचार्य चुनावी मैदानमा छन्।
अर्का उम्मेदवार रोविनप्रसाद शेरचनले डा।शर्मालाइ समर्थन गर्दै उम्मेदवारी फिर्ता लिइसकेका छन्। अमेरिकाका उम्मेदवार बनेका बज्राचार्य व्यवसायी हुन् भने डा। शर्मा संघको विधान र नीतिगत पक्षमा दख्खल राख्ने पूर्वपदाधिकारी हुन्। दुवै उम्मेदवारले आ–आफ्नो प्यानलसहित विश्वभरका प्रतिनिधिहरूमाझ मत मागेपनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको अध्यक्ष बद्री केसीले जानकारी दिए।
संघका अध्यक्ष केसीकाअनुसार यसपटकको निर्वाचनमा विश्वभर रहेका ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक तथा अनलाइन ९भोटिङ० माध्यमबाट सहभागिता जनाउँदैछन्। संस्थालाई सबैको अपनत्व हुने गरी अगाडि बढाउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाई छ।
निर्वाचनको औपचारिक प्रक्रिया सुरु हुनुअघि नै केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारी नपर्दा वा दाबी फिर्ता भएपछि विभिन्न व्यक्तिहरू निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध हुनेहरूमा अधिकांश क्षेत्रीय र विशेष पदहरू रहेका छन्।
निर्वाचन समितिका अनुसार निर्विरोध हुनेहरूमा उपाध्यक्ष ९महिला०तर्फ रोजिना प्रधान राई, सचिव ९महिला०तर्फ राधिका गुरुङ र कोषाध्यक्ष ९महिला०तर्फ संगीता मरहठ्ठा रहेका छन्। यस्तै, क्षेत्रीय संरचनातर्फ अफ्रिका क्षेत्रको संयोजकमा चक्रबहादुर थापा, ओसियाना क्षेत्रको संयोजकमा दीपक शर्मा र मध्यपूर्व क्षेत्रको संयोजकमा मनोजकुमार श्रेष्ठ निर्विरोध चयन भइसकेका छन्।
महिला र युवा संयोजकका केही क्षेत्रीय पदहरूमा पनि निर्विरोध चयन भएको छ, जसले गर्दा चुनावी प्रतिस्पर्धा अब मुख्य पदाधिकारीमा सहमति भए कार्यसमिति निर्विरोध निर्वाचित हुनेछ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





