रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य
क्षितिज विक्रम खनाल
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। स्वदेशमै उत्पादन गरिएका विभिन्न भेराइटीका बियरहरू यहाँ सिधै धाराबाट थापेर पिउन सकिने व्यवस्था गरिएको छ, जसले आगन्तुकहरूलाई फ्याक्ट्री टेस्टकै जस्तो ताजापन र स्वादको अनुभव गराएको छ।यो कोटिहवा चोकबाट करिव ४०० मिटर पश्चिम ूटाईगर प्यालेस संगैू संचालनमा रहेको छ ।
यसले यहाँ आउने पाहुनाहरूका लागि बियर पिउने अनुभवलाई अझ फरक र स्मरणीय बनाएको छ। क्राफ्ट बियर संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको यस स्थानमा पाहुनाहरूले काठबाट बनेका आकर्षक ध्इइम्भ्ल् भिल्लामा बसेर खुला वातावरण, मनमोहक मौसम र प्राकृतिक दृश्यको आनन्द लिँदै बियरको स्वाद लिन सक्छन्। यहाँ आउने धेरै सेवाग्राहीहरूले यस्तो वातावरणमा बियर पिउनुको मज्जा नै अलग हुने प्रतिक्रिया दिने गरेका छन्।
नेपालमा कुरिनटार क्षेत्रपछि यस प्रकारको क्राफ्ट बियर अनुभव उपलब्ध गराउने स्थलका रूपमा चिलियाको यो बियर गार्डेन पश्चिम नेपालकै पहिलो मानिन्छ। बियरसँगै अनुभवी सेफहरूबाट तयार गरिएका विभिन्न परिकारहरूले यहाँको स्वाद र आतिथ्यलाई अझ समृद्ध बनाउने गरेका छन्।
यो परियोजना व्यवसायी मिनराज भुसालको अवधारणा र लगानीमा सञ्चालन भइरहेको हो। भुसालका अनुसार यस परियोजनाको मुख्य उद्देश्य क्षेत्रमै फरक किसिमको बियर संस्कृतिको विकास गर्नुका साथै स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नु हो। हाल यस व्यवसायमार्फत करिब ५० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।
विदेश जाने सोच बनाएका धेरै युवाहरूका लागि स्वदेशमै अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा पनि यो परियोजना उदाहरण बनेको छ। सामान्य लगानी र सही व्यवस्थापन भए आफ्नै देशमा बसेर परिवारसँगै जीविकोपार्जन गर्न सकिन्छ भन्ने सन्देश पनि यसले दिएको छ। यस्ता उद्यमहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भौगोलिक हिसाबले पनि रुपन्देहीमा रहेको यस बियर गार्डेनको स्थान विशेष महत्वको देखिएको छ। भारतबाट नेपालका पर्यटकिय स्थल पोखरा र लुम्बिनी क्षेत्रतर्फ यात्रा गर्ने पर्यटकहरूका लागि यो स्थान उत्कृष्ट विश्राम स्थलका रूपमा विकास हुंदै गइरहेको छ ।
व्यवसायीहरूका अनुसार नेपालमा यस्ता परियोजनाहरू अझ विस्तार गर्न सरकारले लगानीको सुरक्षा, संरक्षण तथा व्यवसायमैत्री नीतिको सुनिश्चितता गर्न आवश्यक छ। यदि राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सके यस्ता परियोजनाहरू देशभर विस्तार हुने र त्यसले रोजगारी तथा पर्यटन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने छ।
रुपन्देही क्षेत्रमा नयाँ अनुभव खोज्ने बियर पारखिहरुका लागि चिलियाको बारसिङ्गे बियर गार्डेन अहिले नयां आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
ताजा
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवार
ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया
२०८३ बैशाख ६ गते, आईतवार
संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान
२०८३ बैशाख ६ गते, आईतवार
‘जीवन रहरमै’ बजारमा
२०८२ चैत्र ३० गते, सोमबार
खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”
२०८२ चैत्र ३० गते, सोमबार
दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)
२०८२ चैत्र ३० गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





