इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण
सुनिल बाबु पन्त
इनिसाको न्याय माग्नु मात्र पर्याप्त छैन। न्याय त तब पूरा हुन्छ, जब यस्ता घटना फेरि नदोहरिने वातावरण समाजले निर्माण गर्न सक्छ। आज पनि हाम्रो समाजमा बालिका, स्कुले छात्रा, युवा महिला र वृद्ध महिलासम्म बलात्कारको सिकार भइरहेका छन्। अपराधीहरूले कहिलेकाहीँ दण्ड सजाय त पाउँछन्, तर केवल सजायले मात्र समाज सुरक्षित हुँदैन।
बलात्कार केवल एउटा आपराधिक घटना मात्र होइन। यो चरम हिंसा हो, गम्भीर मानसिक विकृति हो, र मानवीय नैतिकताको पूर्ण पतन हो। यसले पीडितको शरीरमा मात्र होइन, उसको आत्मा, सम्मान, आत्मविश्वास र सम्पूर्ण जीवनमा गहिरो घाउ दिन्छ। धेरै पीडितहरूका लागि यो पीडा केवल एउटा घटना होइन, जीवनभरि बोक्नुपर्ने घाउ बन्छ।
तर हाम्रो सामाजिक बहस प्रायः घटनापछि मात्र सुरु हुन्छ। जब कुनै पीडादायी घटना बाहिर आउँछ, तब हामी आक्रोश व्यक्त गर्छौँ, न्यायको माग गर्छौँ, अपराधीलाई कडा सजाय दिनुपर्छ भन्छौँ। यी सबै आवश्यक छन्।
तर प्रश्न उठ्छ(के यति मात्रै पर्याप्त छरु यदि समाजले केवल अपराधपछि सजायको कुरा मात्र गर्छ भने, त्यो समस्या समाधानको आधा बाटो मात्र हो। समाधानको अर्को, अझ महत्त्वपूर्ण भाग भनेको यस्तो अपराध हुनै नदिने संस्कार निर्माण गर्नु हो।
यसका लागि हाम्रो ध्यान अदालत र जेलको सीमाभन्दा बाहिर जानुपर्छ। समाधान शिक्षा र संस्कारमा छ। अब समय आएको छ कि घर, विद्यालय र समाजले सानै उमेरदेखि छोराहरू र पुरुषहरूलाई स्पष्ट रूपमा सिकाउनुपर्छ(बलात्कार के हो, यो कति घोर अपराध हो, यसले पीडितलाई कस्तो जीवनभरि पीडा दिन्छ, र यो केवल कानुनी अपराध मात्र होइन, मानवताको विरुद्धको क्रूर हिंसा हो।
हाम्रो समाजमा बलात्कारको समस्या केवल केही अपराधी व्यक्तिहरूको समस्या मात्र होइन। यो गहिरो रूपमा जरा गाडेको पितृसत्तात्मक सोचसँग पनि जोडिएको छ।
जबसम्म समाजमा नारीलाई दोहन गर्न मिल्ने, उपभोग गर्न मिल्ने वस्तु जस्तो ठान्ने मानसिकता रहिरहन्छ, तबसम्म बलात्कारजस्ता अपराधहरू पूर्ण रूपमा रोक्न गाह्रो हुन्छ।
पितृसत्तात्मक सोचले महिलालाई पुरुषभन्दा कम मूल्यवान् ठान्ने संस्कार बनाउँछ। यसले महिलाको शरीरमाथि पुरुषको अधिकार जस्तो व्यवहारलाई सामान्य बनाउँछ। महिलाको सम्मान र सहमतिलाई गौण बनाइन्छ। यही सोचका कारण कतिपय पुरुषहरूलाई लाग्छ कि महिलाको इच्छा र अधिकारभन्दा माथि आफ्नो इच्छा राख्न मिल्छ। यस्तो मानसिकता कायम रहिरहँदा बलात्कारजस्ता अपराध दोहोरिने जोखिम बढिरहन्छ।
त्यसैले बलात्कारविरुद्धको लडाइँ केवल कानुनी सजायको विषय मात्र होइन। यो पितृसत्तात्मक सोच परिवर्तन गर्ने सामाजिक आन्दोलन पनि हो। छोराहरूलाई सानैदेखि सहमति ९अयलकभलत०, सम्मान र समानताको शिक्षा दिनुपर्छ। घर, विद्यालय र समाजले महिलालाई बराबर मान्ने संस्कार विकास गर्नुपर्छ। हिंसालाई सामान्य ठान्ने संस्कारलाई चुनौती दिनुपर्छ।
हाम्रो समाजमा अझै पनि छोरीहरूलाई सतर्क हुन सिकाइन्छ(राति नहिँड, यस्तो लुगा नलगाऊ, त्यस्तो ठाउँमा नजाऊ। तर समस्या समाधान गर्ने बाटो त्यहाँ छैन। केवल छोरीहरूलाई सतर्क बनाउने समाजले हिंसा रोक्न सक्दैन। बरु सबै पुरुषहरूलाई सबै मानिसप्रति, र विशेष गरी महिलाप्रति जिम्मेवार, संवेदनशील र सम्मानजनक व्यवहार गर्न सिकाउने समाज मात्र सुरक्षित समाज बन्न सक्छ।
यदि हामीले आजैबाट छोराहरूको चेतना, नैतिकता र संवेदनशीलता निर्माण गर्न सकेनौँ भने, भोलि फेरि अर्को इनिसाको लागी न्याय खोज्दै उभिनुपर्नेछ। त्यसैले आजको सबैभन्दा ठूलो जिम्मेवारी केवल बलात्कारपछि न्याय खोज्नु मात्र होइन, बलात्कार हुनै नदिने संस्कार निर्माण गर्नु हो।
न्यायको वास्तविक अर्थ त्यतिबेला मात्र पूरा हुन्छ, जब समाजले यस्तो वातावरण बनाउँछ जहाँ कुनै पनि इनिसाको बलात्कार नहोस् ।
ताजा
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबार
यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय
२०८३ भाद्र १० गते, बुधबार
मनकामना केबलकार बन्द
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति
२०८३ भाद्र १० गते, बुधबार
रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





