दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

२०७७ पुष ३ गते, शुक्रबार

कञ्चनपुर । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ। कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरेको हो।

विद्युत् प्राधिकरणको फ्युज कार्यालय, नगरपालिकास्थित किराना पसल, हार्डवेयर पसल, खाद्यान्न पसल बिहान १० बजेदेखि १ बजेसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी खुल्न पाउने निर्णय गरिएको छ। दूध ढुवानी, औषधि पसल २४ सै घण्टा सञ्चालन हुनेछन। अति आवश्यक सेवाबाहेकका सेवाहरु बन्द हुने र भारतबाट आयात हुने माछा, मासुु अण्डालगायतका सामान ओहोर दोहर पूर्णरूपमा बन्द गरिएको छ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीसहित स्थानीय बासिन्दामा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिका क्षेत्रमा आवतजावत, बजार क्षेत्र, शैक्षिक संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताए।

“नगरपालिका र वडा कार्यालयका अत्यावश्यक बाहेकका सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको छ”, उनले भने, “अत्यन्त आवश्यक काम भए मात्रै घरबाहिर निस्कन नगरबासीलाई अनुरोध गरेका छौँ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरोना सङ्क्रमण बढेपछि एक साताका लागि नगरपालिका क्षेत्र लकडाउन गर्नुपरेको बताए। कोरोनाको सङ्क्रमण ज्यादै बढ्न थालेसँगै भिडभाड नियन्त्रण नगरी नहुने अवस्था आएपछि यस्तो निर्णय लिनु परेको उनले बताए।

नगरपालिकाका वडा नं १ र ३ का वडाध्यक्षमा कोरोनाको सङ्क्रमण देखिएको छ। दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीसमेत कोरोनाबाट सङ्क्रमित भएका छन। नगरपालिका क्षेत्रको खुला क्षेत्रमा हुने अवैध आवतजावत गर्नेहरुका कारण कोरोनाको सङ्क्रमण फैलिएको आशङ्का गरिएको छ।रासस

265 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal