डेभ वाटमोर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त

२०७७ पुष ३ गते, शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुुनुभएको छ।
नेपाल क्रिकेट संघका महासचिब अशोक नाथ प्याकुरेलले व्हाटमोरलाई जनवरी १, २०२१ देखि लागू हुने गरी प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरिएको जानकारी दिनुभएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले करिब तीन महिना अघि प्रमुख प्रशिक्षक, महाप्रबन्धक, क्रिकेट ब्यवस्थापक, प्रमुख आर्थिक अधिकृत लगायतका पदको लागि विज्ञापन गरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको अनुमतिमा पदपूर्ति गर्नुपर्ने भएकोले प्रकृया लम्बिन पुगेको थियो ।
यसअघिका प्रमुख प्रशिक्षक उमेश पटवाल गत् माघ महिनामा राजिनामा गरेपछि प्रमुख प्रशिक्षक पद रिक्त रहेको थियो । प्रमुख प्रशिक्षकका लागि गरिएको आवेदन आव्हानमा विश्वभरिबाट करिब ७७ जनाले आवेदन दिएका थिए । जसमध्ये दक्षिण अफ्रिका अलराउण्डर लान्स क्लुजनर, भारतका चेतन चौहान र श्रीलङ्काका पुबुदु दसानायके हुनुहुन्थ्यो । क्यानले अन्तिम तीन जनाको नाम सिफारिश गर्दा व्हाटमर, दसानायके र भारतीय एकजनालाई क्यान समक्ष सिफारिश गरेको थियो । क्यानले तीनजनामध्ये व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गर्न क्यानलाई सिफारिशसहित अनुमति प्रदान गरेको छ । आईसीसीसँगको समन्वयमा क्यानले जनवरी एक देखि लागू हुने गरी एकवर्षका लागि व्हाटमरलाई प्रमुख प्रशिक्षक नियुक्त गरेको हो । क्यान स्रोतका अनुसार व्हाटमरलाई मासिक दशदेखि १२ हजार डलर तलब तथा अन्य सेवा सुबिधा दिने गरी नियुक्त गरिएको छ । व्हाटमरसँग क्रिकेट श्रीलङ्का, बंगलादेश, जिम्मबाबवे लगायतका राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकको अनुभव रहेको छ । उहाँको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो।

342 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal