भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

भक्तपुर । आगामी फागुन २१ गते हुने जेन्जी आन्दोलन पछिको अर्ली इलेक्सनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर २ मा वरिष्ठ पत्रकार एवं राजनीतिज्ञ कबिर राणालाई उम्मेदवार बनाएको छ। झण्डै पाँच दशकदेखि राजनीति र चार दशकदेखि लोकतन्त्रका लागि मिसन पत्रकारितामा सक्रिय राणाले आफ्नो उम्मेदवारीलाई पार्टीप्रतिको निष्ठा र त्यागको सम्मानका रूपमा लिएका छन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राणाले नेपाली कांग्रेसको परम्परागत आदर्श ९लोकतन्त्र, समाजवाद र राष्ट्रियता० सँगै अब बदलिएको परिस्थिति अनुसारका एजेन्डाहरूलाई अगाडि बढाउने बताएका छन्। उनले भदौ २३ र २४ गतेको जैन्दव आन्दोलनु पछि राजनीतिमा नयाँ आयाम थपिएको उल्लेख गर्दै भने, अबको राजनीति सत्ता लुलुपताका लागि होइन, विकास र सुशासनका लागि हुनुपर्छ। भ्रष्टाचारमुक्त समाज र युवा पलायन रोक्ने ठोस योजना मेरो प्राथमिकता हो।

राणाले पुरानो सैद्धान्तिक शिक्षाको सट्टा अब रोजगारी सिर्जना गर्ने प्राविधिक र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताएका छन्। भक्तपुर क्षेत्र नम्बर २ लाई नेपाली कांग्रेसको ऐतिहासिक गढ मान्दै राणाले आफूलाई यस क्षेत्रको सबैभन्दा बलियो उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन्। ू२०४८ सालदेखिको इतिहास हेर्ने हो भने हामीले यहाँ बहुमत पटक जितेका छौं। पार्टीभित्रको केही आन्तरिक असमझदारीले कहिलेकाहीँ नतिजा उल्टिए पनि अहिले कांग्रेस एक ढिक्का छ,ू उनले प्रष्ट पारे ।

पार्टीको विशेष महाधिवेशनले नीति, नेतृत्व र विधानमा ल्याएको परिवर्तनले देशभरका कार्यकर्तामा नयाँ उत्साह थपेको र यसले चुनावमा सकारात्मक प्रभाव पार्ने उनको विश्वास छ।

आफ्नो चुनावी प्रतिबद्धताका बारेमा बोल्दै राणाले भक्तपुरमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गरे। उनले आफ्ना मुख्य योजनाहरू यसरी प्रस्तुत गरेका छन् । काकाकुलको अवस्थामा रहेका क्षेत्रहरूमा खानेपानी पुर्याउने। मेलम्चीको विकल्पमा आशापुरी खानेपानी आयोजनाको डिपिआर सम्पन्न गरी आफ्नै कार्यकालमा निर्माण पूरा गर्ने। पहिरो नियन्त्रण र सडक सञ्जालको स्तरोन्नति। परम्परागत स्वास्थ्य चौकीको सट्टा अत्याधुनिक उपकरणसहितका अस्पताल निर्माण गर्ने र शिक्षालाई प्रविधिमैत्री बनाउने। बिपी कोइरालाले अघि सारेका शिक्षा, स्वास्थ्य र आवासको अवधारणालाई भक्तपुर २ का प्रत्येक घरधुरीसम्म पुर्‍याउने ।

अन्तमा, उम्मेदवार राणाले भक्तपुरका मतदातालाई फागुन २१ गते रुख चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गरेका छन् । उनले जनताको मतलाई खेलबाड नगर्ने र आफ्ना प्रतिबद्धताहरू अक्षरसः पालना गर्ने प्रण समेत गरेका छन् ।

18 Views

ताजा

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८३ बैशाख ११ गते, शुक्रबार

आज देशभर बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११ गते, शुक्रबार

खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा  

२०८३ बैशाख ११ गते, शुक्रबार

आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

२०८३ बैशाख ६ गते, आईतवार

बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु

२०८३ बैशाख ६ गते, आईतवार

ट्रेड युनियन इन्टरनेशनद्वारा समसामयिक विषयमा छलफल र अन्तरक्रिया

२०८३ बैशाख ६ गते, आईतवार

संस्थापक अध्यक्ष प्रज्वल वस्नेतले नै छोडे एप्क्यान

२०८३ बैशाख ६ गते, आईतवार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal