चलचित्र ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री

२०८२ माघ २८ गते, बुधबार

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’मा सुपरस्टार अभिनेत्री रेखा थापा आबद्ध भएकी छन् । छायाकंनरत चलचित्रको निर्माणपक्षले अभिनेत्री रेखालाई ‘फ्रेन्च किस’मा अनुबन्ध गरेको हो । यो चलचित्रको केही दिनदेखि चितवनका विभिन्न स्थानमा छायांकन भइरहेको छ ।

नयाँ पुस्ताको लभ स्टोरी ‘फ्रेन्च किस’मा रेखालाई अनुबन्ध गरेको जानकारी दिँदै कार्यकारी निर्माता सौगात बस्नेतले उनको इन्ट्रीसँगै चलचित्र थप सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास व्यक्त गरे । “रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । आफ्नो दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझको लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ,” कार्यकारी निर्माता बस्नेतले भने, “विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नु चएको छ । अब ‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।”

कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा रहेको बताए । निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वाद अनुसार बनाउने भन्दै दर्शकले आधुनिक प्रेमकथा हेर्न पाउने जाकारी दिएको छ ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रलाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा अर्पण स्वयं र चलचित्र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छिन् । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल पनि रहेकी छिन् ।
चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । सुदीप बरालको सिनेमेटोग्राफी रहने चलचित्रमा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ । रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइनको जिम्मा लिएको यो चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

67 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal