संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। संघको कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि.सी, निरज श्रेष्ठ, कान्तिकुमारी खड्का निर्वाचित भएका छन्।
संघको साधारण सभामा बोल्दै दुवानी व्यवसायी महासंघ – नेपालका अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। उनले ढुुवानी व्यवसायीलाई राजस्व अनुसन्धानको नाममा अनावश्यक दुःख दिने काम हुने गरेको र बजेटमा पनि व्यवसायी मैत्री कर प्रणाली लागू गुर्नपर्नेमा जोड दिए। उनले भने,‘हामी सरकारका निकायसँग समन्वय गरेर अघि बढेका छौँ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यको हो। काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता छ। राज्यले व्यवसायीलाई जग्गा उपलब्ध गराएर यस व्यवसायको व्यवस्थापनमा महासंघसँग समन्वय गरेर सरकार अघि बढ्न आवश्यक छ।’ उनले यस व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको र यसलाई न्यूनिकरण गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।
संघको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हक–हितको संरक्षण तथा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। व्यवसायीले नीतिगत सवालमा राज्यले गरेको उपेक्षाप्रति आक्रोस व्यक्त गर्दै तत्काल यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन्। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अच्युत राज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाल लगायतको उपस्थिति रहेको थियो।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





