मकवानपुरमा फेरिँदै चुनावी समीकरण : ‘डिना’ को पक्षमा जुर्मुरायो कांग्रेस

२०८२ माघ २८ गते, बुधबार

हेटौँडा । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा मकवानपुरको राजनीतिक सरगर्मीले नयाँ मोड लिएको छ । विगतका निर्वाचनमा आन्तरिक कलह र गुटबन्दीका कारण क्षति व्यहोर्दै आएको नेपाली कांग्रेस यस पटक सुदृढ एकता र नयाँ रणनीतिका साथ मैदानमा उत्रिएको छ । विशेष गरी मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी सहमहामन्त्री रहिसकेकी प्रभावशाली नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ को उम्मेदवारी र उनले अघि सारेका एजेन्डाले जिल्लाभर कांग्रेसको पक्षमा नयाँ लहर सिर्जना गरेको छ ।

फेरिँदै राजनीतिक समीकरण

राजनीतिक विश्लेषकहरूका अनुसार यस पटक मकवानपुरको चुनावी समीकरण विगतभन्दा भिन्न छ । क्षेत्र नम्बर १ की उम्मेदवार डिना उपाध्यायको सक्रियताले क्षेत्र नम्बर २ का उम्मेदवार एवं जिल्ला सभापति बुद्ध लामाको अभियानलाई समेत ऊर्जा प्रदान गरेको छ । लामाले जिल्ला नेतृत्वको हैसियतमा पार्टीभित्रका पुराना र नयाँ पुस्ताबीच समन्वय गरिरहेका छन् भने डिनाले राष्ट्रिय मुद्दा र विकासका दीर्घकालीन योजनालाई मतदातामाझ पुर्‍याइरहेकी छिन् ।

लामो समयपछि मतदाताले आफ्नै चुनाव चिन्ह ‘रूख’ मा मतदान गर्न पाउने अवस्था र पार्टीभित्रको आन्तरिक एकता मजबुत देखिनुले कांग्रेस उम्मेदवारको मनोबल उच्च बनाएको छ । “यस पटक हामी केवल मतका लागि मात्र होइन, नेता र कार्यकर्ताको मन जोड्न मैदानमा छौँ,” नेतृ डिनाले भनिन्, “अबको योजना केवल वितरणमा होइन, रोजगारी सिर्जना र सुशासनमा केन्द्रित हुनेछ ।”

डिनालाई न्याय’ को मनोविज्ञान

२०३९ सालदेखि विद्यार्थी राजनीतिबाट खारिएकी र २०४२ को सत्याग्रहमा सात महिना जेल जीवन बिताएकी डिनाको राजनीतिक उचाइ राष्ट्रिय स्तरको छ । यद्यपि, प्रत्यक्ष निर्वाचनमा उनी पटक–पटक झिनो मतान्तरले पराजित हुँदै आएकी छिन् । यस पटक भने मतदातामाझ “डिनालाई न्याय गर्नुपर्छ” भन्ने एउटा भावनात्मक लहर देखिएको छ । हारजित जे भए पनि निरन्तर जनताको सुखदुःखमा साथ दिएका कारण यस पटक उनलाई संसद्‌मा पठाउनुपर्ने धारणा सर्वसाधारणमा बलियो बन्दै गएको छ ।

विशेष गरी महिला मतदाताहरू डिनाको पक्षमा खुल्ला रूपमा उभिन थालेका छन् । महिला अधिकार र नीति निर्माण तहमा उनको दख्खललाई मकवानपुरका महिलाले आफ्नो गौरवको विषय बनाएका छन् ।

युवा र ‘जेन्जी’ को आकर्षण

कांग्रेसले यस पटक युवा र ‘जेन्जी’ (Gen-Z) अर्थात् नयाँ पुस्तालाई लक्षित गरी ‘पढ्दै कमाउँदै’ र कृषि आधुनिकीकरणको ठोस योजना अघि सारेको छ । सामाजिक सञ्जालमाथिको बन्देज जस्ता अनुदार नीतिको विपक्षमा उभिने कांग्रेसको प्रतिबद्धता र गगन थापा जस्ता युवा नेतालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिनुले युवा मतदातामा आशा जगाएको छ । हेटौँडाको औद्योगिक क्षेत्रको पुनरुत्थान र रोजगारी सिर्जना गर्ने डिनाको ‘भिजन’ ले विदेश पलायन हुन लागेका युवाहरूलाई आकर्षित गरेको देखिन्छ ।

स्थानीय तहको बलियो जग

गत स्थानीय निर्वाचनमा मकवानपुरका बहुसंख्यक पालिकामा प्राप्त गरेको नतिजाले कांग्रेसको पक्षमा बलियो आधार तयार पारेको छ । जिल्लाको पहिलो दलको हैसियत बनाएको कांग्रेसले यस पटक संघीय निर्वाचनमा पनि ‘क्लिन स्विप’ गर्ने रणनीति लिएको छ । गाँजा खेतीको वैधानिकता, बफर जोन र राष्ट्रिय निकुञ्जका कारण स्थानीयले भोग्नुपरेको कानुनी जटिलतालाई कांग्रेसले साझा चुनावी मुद्दा बनाएको छ ।

हेटौँडा १७ की स्थानीय सीता राई भन्छिन्, “हामीले केन्द्रमा प्रभाव राख्ने र हाम्रो समस्या बुझ्ने नेता खोजेका छौँ, त्यो क्षमता डिना दिदीमा देखिन्छ ।”

एकातिर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने डिना उपाध्यायको अनुभव र अर्कोतिर स्थानीय सङ्गठनमा भिजेका बुद्ध लामाको सक्रियता तथा प्रदेश सभापति समेत रहेका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाको सांगठनिक पकडले कांग्रेसलाई विगतको तुलनामा निकै बलियो बनाएको छ । निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र अर्याल ‘माइकल’, पूर्व सभापति रघुरमण न्यौपाने, नेता आनन्दराम पराजुली, दामोदर खनाल, अर्जुन तिवारी लगायतका जिल्ला तहका नेताको सक्रियताले चुनावी अभियानलाई थप मजबुत बनाएको छ । विगतमा कांग्रेसभित्र देखिएका आन्तरिक अविश्वासहरु यसपटक पूर्ण रुपमा हटेको देखिएको छ । विकासका अवरुद्ध प्रक्रियालाई गति दिन र मकवानपुरको आवाजलाई केन्द्रमा बुलन्द बनाउनका लागि डिनाको विजयलाई धेरैले महत्त्वका साथ हेरेका छन् । जिल्लाभर देखिएको कांग्रेसको सक्रियता र नेतृ डिनाको नेतृत्वदायी भूमिकाले मकवानपुरमा नयाँ राजनीतिक अध्यायको सङ्केत गरेको छ ।

आगामी निर्वाचनमा डिनासँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह, नेकपा एमालेका रामेश्वर राना, नेकपाका विजय गौतम लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

76 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal