संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित
काठमाडौँ – संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचनको परिणाम अनुसार संघको उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन्। संघको कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि.सी, निरज श्रेष्ठ, कान्तिकुमारी खड्का निर्वाचित भएका छन्।
संघको साधारण सभामा बोल्दै दुवानी व्यवसायी महासंघ – नेपालका अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताएका छन्। उनले ढुुवानी व्यवसायीलाई राजस्व अनुसन्धानको नाममा अनावश्यक दुःख दिने काम हुने गरेको र बजेटमा पनि व्यवसायी मैत्री कर प्रणाली लागू गुर्नपर्नेमा जोड दिए। उनले भने,‘हामी सरकारका निकायसँग समन्वय गरेर अघि बढेका छौँ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यको हो। काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता छ। राज्यले व्यवसायीलाई जग्गा उपलब्ध गराएर यस व्यवसायको व्यवस्थापनमा महासंघसँग समन्वय गरेर सरकार अघि बढ्न आवश्यक छ।’ उनले यस व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको र यसलाई न्यूनिकरण गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।
संघको अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संघको संगठनात्मक सुदृढीकरण, व्यवसायिक हक–हितको संरक्षण तथा ढुवानी व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। व्यवसायीले नीतिगत सवालमा राज्यले गरेको उपेक्षाप्रति आक्रोस व्यक्त गर्दै तत्काल यस क्षेत्रका समस्या समाधान गर्न माग गरेका छन्। कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष अच्युत राज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, निवर्तमान अध्यक्ष विश्वनाथ खनाल लगायतको उपस्थिति रहेको थियो।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





