विमला निरौलाको प्रेमाश्रुको लोकार्पण कार्यक्रम सम्पन्न
घरदेशदेखि परदेशमा नेपाली भाषा साहित्यको प्रवद्र्धन तथा प्रवासमा नेपाली भाषा पुस्तान्तरणमा सक्रिय रहेकी साहित्यकार विमला निरौलाको तेह्रौँ कृति प्रेमाश्रु कथासङ्ग्रह सार्वजनिक भएको छ ।
मिलाप पब्लिकेशनले आयोजना र अनेसास दर्पणले संयोजन गरेको लोकार्पण कार्यक्रमको सभापतित्व पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले गरेका थिए भने प्रमुख आतिथ्यता स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले गरेका थिए ।
अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहालले उपस्थित अतिथिहरुलाई मन्तव्यसहित स्वागत गरेका थिए ।
प्रमुख अतिथि रोदन, सभापति भुसाल बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधान, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, प्रा.डा. यज्ञश्वर निरौला, सम्पादक दाहाललगायत उपस्थित सबै विशिष्ट साहित्यकारहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।
कृति लोकार्पणपश्चात् सर्जक विमला निरौलालाई विशिष्ट अतिथि प्रमोद प्रधानले दोसल्ला, प्रमुख अतिथि रोदनले माला तथा मिलापका अध्यक्ष भूसालले मिलाप कभर सम्मान गरेका थिए ।
साहित्यकार भैरवी भूगोलको माधुर्यतापूर्ण आवाजबाट सञ्चालित कार्यक्रममा प्रा.डा. यज्ञश्वर निरौलाले कृतिमाथि समीक्षा गरेका थिए । निरौलाले सरल सरस र सुललित प्रस्तुतिका कारण कथाहरु एकै बसाईमा झर्को नलागी पढिने र मन छुने रहेको बताएका थिए । २९ कथामध्ये १८–२० ओटा कथा प्रेमसम्बन्धी शीर्षक रहेको र अन्य कथाहरुको विषयवस्तु र घटना पनि प्रेममय नै भएको बताएका थिए ।
विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले प्रेमाश्रुले पाठकको मन जित्ने कुरा बताउँदै स्रष्टा विमला निरौलालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी गीतकार संघका अध्यक्ष थापाले आउँदै गरेको प्रेमदिवसको सन्दर्भ कोट्याउँदै प्रेमाश्रुका लागि बधाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार फणिन्द्र निरौलाले कृतिकारको सिर्जनाहरुका पाठक आफू पहिलेदेखि भएको कुरा बताउँदै शुभकामना तथा बधाई दिएका थिए ।
साहित्यकार लक्ष्मी उप्रेतीले बालसाहित्यमा विशेष योगदान पुर्याउने स्रष्टा निरौलाको बालसाहित्यसम्बन्धी प्रकाशोन्मुख संयुक्त कृति प्रकाशन हुने कुराको जानकारी दिँदै बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
बाल साहित्य समाज नेपालका पूर्व अध्यक्ष प्रमोद प्रधानले लेखक र स्रष्टामा भएको भिन्नता बताउँदै विमला निरौला लेखक नभएर एक स्रष्टा भएको बताए । प्रधानले शुभकामना दिने क्रममा स्रष्टा निरौलाले बाल साहित्यमा गरेको योगदानको चर्चा गर्दै निरौलाद्वारा बाल साहित्य समाज नेपालमार्फत बालसाहित्यमा कलम चलाउनेका लागि अक्षेरुपी दुई लाखको अक्षयकोष खडा गरी पुरस्कारको व्यवस्था समेत गरेको जानकारी गराएका थिए ।
अनेसासकी निवर्तमान महासचिव साहित्यकार तथा लोकार्पित कृतिका स्रष्टा विमला निरौलाले कृति लेखनका विषयमा बताएकी थिइन् । स्रष्टा मन्तव्यका क्रममा उपस्थित अतिथिहरुको आशीर्वाद एवं मायाका कारण भावविह्वल बनेकी स्रष्टाका आँखाबाट प्रेमाश्रु खसेका थिए ।
प्रमुख अतिथि रोदनले राष्ट्रकवि घिमिरे, लक्ष्मीप्रसाद देवकोटाका कृति र वर्तमानका नेपाली साहित्यिक कृतिहरु, त्यसबेलाको साहित्यिक पुरस्कार र वर्तमानका पुरस्कारहरुको तुलना गर्दै स्रष्टा विमला निरौलाजस्ताका कृतिहरु पछिसम्म बाँचिरहने कुरा व्यक्त गरेका थिए । रोदनले अन्य पेशामा दाग बनाएका व्यक्तिहरु पनि पैसाका ताकतमा साहित्यका पेशामा आई दाग मेट्ने गरेकाले विकृति फैलिएको कुरा बताएका थिए ।
कार्यक्रमका सभापति कृष्ण भुसालले कार्यक्रम समापनका क्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै मिलापबाट स्रष्टा विमला निरौलाको कृति प्रकाशन तथा कार्यक्रम आयोजना गर्न पाएकोमा गौरवान्वित भएको कुरा बताएका थिए ।
कार्यक्रममा राजधानीस्थिति साहित्यकारहरुको उल्लेख्य रुपमा उपस्थित भएको थियो ।
ताजा
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबार
३८४ जना पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र १० गते, बुधबार
प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





