NAAT मिस एअर होस्टेस सिजन–३ को उपाधि रितिकालाई
काठमाडौँ – NAAT Aviation Academy द्वारा आयोजित Yeti Airlines Presents NAAT Miss Airhostess International Season 3 को उपाधि रितिका सुनार ले हात पार्न सफल भएकी छन्। प्रतियोगिताको ग्रान्ड फिनाले काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको हो।
विजेता सुनारले उपाधिसँगै यति एयरलाइन्समा ‘केबिन क्रु’ पदमा रोजगारीको अवसर समेत प्राप्त गरेकी छन्। उनलाई उक्त अवसरको औपचारिक घोषणा तथा नियुक्ति पत्र यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत (Chief of Safety) सन्त प्रजापति ले प्रदान गरेका थिए। रितिका सुनार यस सिजनकी विजेता घोषित हुँदै मोस्ट ट्यालेन्ट उपाधि पनि जित्न सफल भइन्।
प्रतियोगितामा शर्मिला कुमारी प्रथम उपविजेता घोषित हुँदै सर्वोत्कृष्ट व्यक्तित्व उपाधि प्राप्त गर्न सफल भइन् भने एस्थर मटे दोस्रो उपविजेता बन्दै दर्शक छनोट पुरस्कार तथा सर्वोत्कृष्ट क्याटवाक उपाधि जित्न सफल भइन्।
त्यसैगरी रितु चौधरी ले सर्वाधिक लोकप्रिय तथा मल्टिमिडिया छनोट पुरस्कार दुवै उपाधि जितिन्। सुजाता जमकटेल ले सर्वोत्कृष्ट शारीरिक बनावट र परिमा गुरुङ ले सर्वोत्कृष्ट फोटोजेनिक उपाधि प्राप्त गरिन्। कार्यक्रममा सहभागी सम्पूर्ण प्रतियोगीहरूलाई फेसन कोरियोग्राफर तथा पर्सनालिटी ट्रेनर श्री लभिन अन्सारी द्वारा केबिन क्रु पेशासँग सम्बन्धित शिष्टाचार, प्रस्तुति कला, क्याटवाक, ग्रुमिङ तथा व्यावसायिक व्यक्तित्व विकाससम्बन्धी सघन प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत श्री सुधन सुबेदी रहेका थिए। निर्णायक मण्डलमा समर्पण जंग कार्की (Mr. Nepal 2023 तथा बुद्ध एयरका पाइलट), ईभा जैसवाल (Etihad Airways की अन्तर्राष्ट्रिय केबिन क्रु), अनिता खड्का (अन्तर्राष्ट्रिय पेजेन्ट विजेता तथा मनोवैज्ञानिक) र रचना सुनार (यति एयरलाइन्सकी प्रमुख केबिन क्रु) रहेका थिए। NAAT Aviation Academy का प्रमुख कार्यकारी अधिकृत शेखर पाण्डे ले प्रतियोगिताले युवतीहरूलाई व्यावसायिक उड्डयन क्षेत्रमा प्रवेशका लागि सक्षम बनाउने उद्देश्य सफलतापूर्वक पूरा गरेको बताउँदै सहभागी, निर्णायक तथा सहकार्य गर्ने सम्पूर्ण संस्थाहरूप्रति आभार व्यक्त गरे।
नर्दन लाइट एकेडेमी अफ एभिएसन एन्ड टेक्नोलोजी (NAAT) ले काठमाडौँको बानेश्वर मा बेलायतको प्रतिष्ठित प्राविधिक शिक्षण संस्था City & Guilds को सम्बन्धनमा एयर होस्टेस तथा एयरपोर्ट ग्राउन्ड ह्यान्डलिङ सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। NAAT नेपालमै यस्तो स्तरको एभिएसन शिक्षा प्रदान गर्ने अग्रडी संस्था हो। NAAT ले एयर होस्टेसका लागि ३६० घण्टा क्रेडिट आवर र ग्राउन्ड ह्यान्डलिङतर्फ लेभल–२ डिप्लोमा (४०० घण्टा क्रेडिट आवर) को कोर्स सञ्चालन गर्दै आएको छ। कक्षा १२ उत्तीर्ण वा परीक्षा दिई बसेका विद्यार्थीले तालिम पूरा गरेपछि नेपाल तथा विदेशका विभिन्न अन्तर्राष्ट्रिय बायुसेवा कम्पनीहरूमा रोजगारी पाउने अवसर प्राप्त गर्नेछन्।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





