सरोज पौडेललाई प्रश्नः ‘सिन्दुरे जात्रा’को कथा के हो ?

२०८२ मंसिर २९ गते, सोमबार

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे भने हालसम्म केही जानकारी दिएका छैनन् ।

चलचित्र घोषणा गरे पनि उनले हालसम्म विषय मात्रै पनि होइन, कलाकारबारे पनि जानकारी दिएका छैनन् ।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरेअनुसार अनुमान लगाइए के हुन्छ भन्ने प्रश्नमा निर्देशक सरोज भन्छन्, “करिब–करिब गलत हुन्छ । तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन । तर, नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो ।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि रु भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ । सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन ।” निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए ।

सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal