सरोज पौडेललाई प्रश्नः ‘सिन्दुरे जात्रा’को कथा के हो ?

२०८२ मंसिर २९ गते, सोमबार

काठमाडौं । निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलले चलचित्र ‘सिन्दुरे जात्रा’ निर्माणको घोषणा गरे पनि यसको विषयबारे भने हालसम्म केही जानकारी दिएका छैनन् ।

चलचित्र घोषणा गरे पनि उनले हालसम्म विषय मात्रै पनि होइन, कलाकारबारे पनि जानकारी दिएका छैनन् ।

जेठमा छायांकनमा जाने तयारी रहेको भनिएको सिनेमाको टाइटलले संकेत गरेअनुसार अनुमान लगाइए के हुन्छ भन्ने प्रश्नमा निर्देशक सरोज भन्छन्, “करिब–करिब गलत हुन्छ । तपाईंको दिमागमा के छ त्यो त मैले जान्ने कुरा भएन । तर, नुवाकोटमा हुँदै आएको सिन्दुरे जात्रा नै सिनेमाको विषय हो भनेर बुझ्नु भएको हो भने त्यो चाहिँ पूर्णतया गल्ती नै हो ।”

टाइटल अनाउन्समेन्ट टिजरमा ‘सिन्दुरे जात्रा’कै विषय सिनेमाको मुख्य कथानक छ जस्तो देखिन्छ नि रु भन्ने प्रश्नमा निर्देशक पौडेल भन्छन्, “सत्य हो, छनक त्यही देखिन्छ । सिन्दुरे जात्रासँग कहीँ कतै सिनेमा जोडिएला पनि, तर मैले नढाँटी भन्दा यो सिन्दुरे जात्राको कथा भन्ने सिनेमा होइन ।” निर्देशक पौडेलले कथा र कलाकारबारे केही समयपछि जानकारी दिने बताए ।

सबिन अधिकारी र बसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ । सारंगी फिल्म्सको प्रस्तुति रहेको सिनेमाको निर्मातामा प्रभाकार श्रेष्ठ छन् ।

आरआर फिल्मसले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । चलचित्रको रिलिज मितिबारे निर्देशक पौडेलले अहिले तय भइनसकेको बताए ।

केही महिनाअगाडि निर्देशक पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कोशेढुङ्गा’ प्रदर्शनमा आएको थियो ।

103 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal