कर्णालीमा शनिबार दिनभर विद्युत् सेवा अवरुद्ध हुने

२०८२ मंसिर २६ गते, शुक्रबार

सुर्खेत । नेपाल विद्युत् प्राधिकरण, सुर्खेत वितरण केन्द्रले भोलि शनिबार कर्णाली प्रदेशका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम चलिरहेकोले विद्युत् आपूर्ति बन्द गर्न लागिएको जनाएको हो ।

प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने छ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन खण्डको निर्माणाधीन बाँके जिल्ला कोहलपुर नगरपालिका—१० चप्परगौडि टावर र सुर्खेततर्फ भेरीगंगा नगरपालिका–४ हर्रे–च्यामिरेबिचमा तार तान्ने कार्य हुने छ ।

उक्त स्थानमा हाल सञ्चालनमा रहेको कोहलपुर–सुर्खेत ३३ केभी तथा ११ केभी लाइन क्रसिङ हुने हुँदा सुरक्षाका कारण लाइन बन्द गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ ।

114 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal