इसेवाको १३ औँ साधारणसभा सम्पन्न

२०८२ मंसिर २६ गते, शुक्रबार

काठमाडौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

२०८२ मंसिर २४ गते बुधबार काठमाडौँको मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र वित्तीय विवरणहरू पारित गरेको छ।

प्रमुख निर्णयहरूः
लाभांशः कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (करसहित) पारित।
बोनस सेयरः चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय पारित।
सञ्चालक र लेखापरीक्षक: सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सुवास शर्मा र सौगात केसीलाई पुनर्निर्वाचन गर्नुका साथै आ.व. २०८२।८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गरिएको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था उत्साहजनक रहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले नियामकीय अनुपालनप्रति शून्य सहनशीलता राख्ने बताउँदै सम्पूर्ण प्रयोगकर्ता, मर्चेन्ट र नियामक निकायहरूप्रति धन्यवाद ज्ञापन गरे।

74 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal