इसेवाको १३ औँ साधारणसभा सम्पन्न
काठमाडौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
२०८२ मंसिर २४ गते बुधबार काठमाडौँको मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात र वित्तीय विवरणहरू पारित गरेको छ।
प्रमुख निर्णयहरूः
लाभांशः कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पुँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (करसहित) पारित।
बोनस सेयरः चुक्ता पुँजीको ३१.५८ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निर्णय पारित।
सञ्चालक र लेखापरीक्षक: सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सुवास शर्मा र सौगात केसीलाई पुनर्निर्वाचन गर्नुका साथै आ.व. २०८२।८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गरिएको छ।
साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था उत्साहजनक रहेको र आगामी दिनमा यसलाई थप सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। उनले नियामकीय अनुपालनप्रति शून्य सहनशीलता राख्ने बताउँदै सम्पूर्ण प्रयोगकर्ता, मर्चेन्ट र नियामक निकायहरूप्रति धन्यवाद ज्ञापन गरे।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





