लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण

२०८२ कार्तिक १६ गते, आईतवार

काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के अन्तर्गत रहेको क्लब लायन्स क्लब अफ काठमाडौँ आबद्धद्वारा कर्णाली प्रदेश बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको वार्ड नं. १ र ३ मा रहेको विद्यालयहरु शम्भु सुनन्दा सेकेन्डरी स्कुल, सूर्योदय आधारभूत विद्यालय, भैरव नाथ सेकेन्डरी विद्यालय तथा मण्डली सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई ५१५ थान ट्रयाक सूट र न्यानो टोपी ३० थान ब्ल्यांकेट ५० थान सेनेटरी सामानहरु शिशुहरुलाई ४० केजी पौष्टिक आहार तथा मुक्तिकोटको मण्डली सेकेन्डरी विद्यालयका विद्यार्थीहरूलाई ५१५ थान स्कूल ब्याग ५१५ थान स्कूल स्वीटर प्राथामिक विविध औषधिहरू तथा सेनेटरी सामानहरु गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायको प्रमुख आतिथ्य तथा क्लब अध्यक्ष रञ्जु थापाको अध्यक्षतामा वितरण कार्यक्रम हालै सम्पन्न भएको छ ।


जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल नाराका साथ सामाजिक सेवामा अग्रसर लायन्स क्लब अफ काठमाडौँ आबद्ध परिवारले जाडो बढ्दै गएकोले चिसोबाट बच्नको लागी त्यहाँ रहेको आवश्यकता आफ्नै आवश्यकता ठानी सहयोग गर्न गएको क्लबका संस्थापक अध्यक्ष सुनिता शर्मा मरहट्टाले बताउनु भयो । अफ्ठेरो बाटोलाई पार गर्दै झरी परेता पनि सम्बन्धित ठाउँमा पुगेर सहयोग गर्दा त्यहाँ रहेका बालबालिका तथा आफन्तको मुहारमा मुस्कान देख्दा बाटोमा भएको अफ्ठेरोहरु भुलेको क्लबका अध्यक्ष थापाले बताउनु भयो ।


जाडो बढिरहेको अवस्थामा यस्तो विकट ठाउँमा आएर विद्यार्थीहरूलाई सहयोग गरेकोमा सम्बन्धित स्कुलका प्रधानाध्यापकहरुले क्लब परिवारलाई धन्यबाद व्यक्त गर्नु भयो । कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । क्लबको तर्फबाट कृष्णा मुलेपाती बजीमयो, रोशनी मुल्मी, नितु घले, कमला वलिको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष रोकायले जिल्लाकै विकट अनि सुन्दर सम्भावना बोकेको क्षेत्रमा आएर संसार कै ठुलो अनि पुरानो सामाजिक सस्थाले यसरी यहाँका विद्यार्थीहरूको लागि यतिधेरै सामान सहित भौतिक उपस्थित भै सहयोग गर्न भएकोमा सहयोगीहरु सबैलाई धन्यबाद दिनुभयो ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal