लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण
काठमाडौं । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ के अन्तर्गत रहेको क्लब लायन्स क्लब अफ काठमाडौँ आबद्धद्वारा कर्णाली प्रदेश बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको वार्ड नं. १ र ३ मा रहेको विद्यालयहरु शम्भु सुनन्दा सेकेन्डरी स्कुल, सूर्योदय आधारभूत विद्यालय, भैरव नाथ सेकेन्डरी विद्यालय तथा मण्डली सेकेन्डरी स्कुलका विद्यार्थीहरूलाई ५१५ थान ट्रयाक सूट र न्यानो टोपी ३० थान ब्ल्यांकेट ५० थान सेनेटरी सामानहरु शिशुहरुलाई ४० केजी पौष्टिक आहार तथा मुक्तिकोटको मण्डली सेकेन्डरी विद्यालयका विद्यार्थीहरूलाई ५१५ थान स्कूल ब्याग ५१५ थान स्कूल स्वीटर प्राथामिक विविध औषधिहरू तथा सेनेटरी सामानहरु गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायको प्रमुख आतिथ्य तथा क्लब अध्यक्ष रञ्जु थापाको अध्यक्षतामा वितरण कार्यक्रम हालै सम्पन्न भएको छ ।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मूल नाराका साथ सामाजिक सेवामा अग्रसर लायन्स क्लब अफ काठमाडौँ आबद्ध परिवारले जाडो बढ्दै गएकोले चिसोबाट बच्नको लागी त्यहाँ रहेको आवश्यकता आफ्नै आवश्यकता ठानी सहयोग गर्न गएको क्लबका संस्थापक अध्यक्ष सुनिता शर्मा मरहट्टाले बताउनु भयो । अफ्ठेरो बाटोलाई पार गर्दै झरी परेता पनि सम्बन्धित ठाउँमा पुगेर सहयोग गर्दा त्यहाँ रहेका बालबालिका तथा आफन्तको मुहारमा मुस्कान देख्दा बाटोमा भएको अफ्ठेरोहरु भुलेको क्लबका अध्यक्ष थापाले बताउनु भयो ।

जाडो बढिरहेको अवस्थामा यस्तो विकट ठाउँमा आएर विद्यार्थीहरूलाई सहयोग गरेकोमा सम्बन्धित स्कुलका प्रधानाध्यापकहरुले क्लब परिवारलाई धन्यबाद व्यक्त गर्नु भयो । कार्यक्रममा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्ष र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो । क्लबको तर्फबाट कृष्णा मुलेपाती बजीमयो, रोशनी मुल्मी, नितु घले, कमला वलिको उपस्थिति रहेको थियो । पालिका अध्यक्ष रोकायले जिल्लाकै विकट अनि सुन्दर सम्भावना बोकेको क्षेत्रमा आएर संसार कै ठुलो अनि पुरानो सामाजिक सस्थाले यसरी यहाँका विद्यार्थीहरूको लागि यतिधेरै सामान सहित भौतिक उपस्थित भै सहयोग गर्न भएकोमा सहयोगीहरु सबैलाई धन्यबाद दिनुभयो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





