गायिका गीता पाण्डे ‘माछी भुल्यो’ सार्वजनिक (भिडियोसहित)

२०८२ श्रावण २० गते, मंगलवार

काठमाडौँ । गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक गरेकी छिन्। प्रेमिल भावमा लेखिएको यो गीतमा रचना साथै संगीत चिरपरिचित दीपक शर्मा को रहेका छन् भने अहिलेकी चिरपरिचित गायिका गीता पाण्डेले स्वर दिएकी छिन् । गीतमा नरेन्द्र बियोगीले एरेन्जरको रुपमा काम गरेका छन्। गीतमा प्रेममा समर्पण भावना छ,आस्था छ ।

गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌ओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ । भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ ।

गायिका पाण्डेकाका थुप्रै गीत श्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।

पुजा ठकुरीले निर्देशन गरेको उक्त भिडियाको सम्पादन बिनोद बमले गरेका छन्। दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा अहिलेका रुचाईएका युवा कोरियोग्राफर द्वय अनुजा अधिकारी र श्रवण पाख्रिनको रहेको छ । गीतलाई टिकटकमा भिवर्सद्वारा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal