कला र संगीत केवल प्रतिभा देखाउने माध्यम होइन-प्रतीक्षा प्रधान
बुबा नरबहादुर प्रधान र आमा पुनम प्रधानकाे काेखमा सन् २००१ को जुलाई १० तारिखमा भारतको सिक्किम राज्यको सदाम भन्ने ठाउँमा जन्मेकी हुन प्रतीक्षा प्रधान । कला क्षेत्रमा लाग्न प्रेरणा दिने आफ्नाे आमा बुबा मान्नु हुने प्रतिक्षा प्रेरणा भन्नाले त्यो शक्ति हो जसले भित्रको क्षमता देख्छ, विश्वास गर्छ र अगाडि बढ्न हौसला दिन्छ भन्दै जीवनमा यस्ता प्रेरणा दिने पहिलो व्यक्ति आमा र बुबालाई मान्नु हुन्छ । आमा बुबाले अनेकौं चुनौतीहरूका बाबजुद पनि आफूलाई सधैं साथ दिनुभयो, आत्मविश्वासी बनाउनु भयो र ठूलो सपना देख्न सिकाउनुभयो । त्यसैगरी, “बरा अर्थात् बुबाको ठूलो दाजुलाई पनि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले मेरो क्षमता चिने र सदैव माया, विश्वास र समर्थन दिनुभयो । उहाँको विश्वासले मलाई अझ दृढ र समर्पित बनायो । मेरो दाजु र दिदी पनि मेरो जीवनका बलियो खम्बा हुन्, जसले कठिन समयमा मेरो साथ दिएर मलाई अघि बढ्न सहयोग गर्नुभयो । साथै, म आफूजस्तै पृष्ठभूमिबाट आएका तर आत्मबल र मेहनतको बलले अघि बढेका महिला व्यक्तित्वहरूबाट पनि गहिरो प्रेरणा लिन्छु । उहाँहरूले देखाउनुभयो कि साँचो समर्पण, धैर्यता र आत्मविश्वासले हरेक सपना पुरा गर्न सकिन्छ ।” प्रतिक्षा बताउँछिन् ।
कला, संगीत र अभिनय भनेको आत्मविकास, प्रतिभा अभिव्यक्ति र सामाजिक सन्देश दिने शक्तिशाली माध्यम बताउने प्रतिक्षा यसले मानिसको आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्छ र सकारात्मक सोचलाई बलियो बनाउने र कलाकारहरूले समाजमा गहिरो प्रभाव पार्ने भएकाले सबैले कलाकार र उनीहरूको योगदानको मूल्यांकन गर्नुपर्ने बताउँछिन् ।
पहिलो यात्रा सुरु हुनु अघि आफ्नाे जीवनका केही चुनौतीहरू बाँड्दै बाल्यकालमा आमा बुबाबाट टाढा स्कुलमा बसेकि र आफू उमेरभन्दा अग्ली देखिने र अरूले प्रतिक्षालाई जिस्क्याउने गर्दथे, जसले आफ्नाे आत्मविश्वासलाई चोट पुर्याएकाे तर कलेज पुगेर जीवनमा सकारात्मक परिवर्तन आएको र केही असल साथी र मार्गदर्शकको सहयोगले उनले आफ्नो वास्तविक क्षमता चिन्न थालेकि बताउँछिन् । आमा-बुबा सधैं आफ्नाे साथमा रहनुहुन्थ्यो र दाजु-दिदी उनकाे लागि बलियो खम्बा बनेर उभिएको स्मरण गराउँछिन् उनी । उनीहरूको माया र समर्थनले आफूलाई फेरि आत्मविश्वासी बन्न मद्दत गरेकाे र त्यसपछि आफूले सौन्दर्य प्रतियोगितामा पाइला बताउने प्रतिक्षाकाे कला क्षेत्रमा औपचारिक सुरुवात सन् २०२२ मा ‘मिस नेवा सिक्किम’ बाट भयो, जुन सिक्किम नेवा गुथीद्वारा आयोजना गरिएको थियो । त्यो यात्रा उनकाे आत्मखोज, संघर्ष र सपनाको सुरुवात थियो।
यो क्षेत्रमा सबैले जीविकोपार्जन गर्न सक्ने अवस्था नरहेकाे तर केही भाग्यशाली र प्रतिभाशालीले मात्रै यसबाट राम्रो जीवनयापन गर्न सक्छन् । अधिकांश कलाकारहरूले आर्थिक सुरक्षा नपाउँदा अन्य पेशा वा जागिरमा निर्भर हुनुपर्ने, कलाको मूल्यांकन र अवसरको अभावले उनीहरूको संघर्ष झन् बढ्ने साथै हाम्रो समाजले कलाकारहरूको योगदानलाई अझ बढी सम्मान र मान्यता दिन आवश्यक रहेको ताकि उनीहरूले आत्मसम्मानका साथ आफ्नो कला पेशा बनाउन सकून् भन्दै कलाकारहरूको सिर्जनात्मकता बिना समाज अधूरो हुने बताउँछिन् कलाकार प्रतीक्षा ।
सिक्किम सरकारबाट कलाकारहरूलाई केही सहयोग र मान्यता दिइरहेको देखिन्छ, तर दीर्घकालीन योजना र आर्थिक समर्थन अझै आवश्यक रहेकाे बताउने प्रधान कलाकारहरू केवल मनोरञ्जनको माध्यम नभई संस्कृति, भाषा र पहिचानका संरक्षक रहेकाे र नेपालमा पनि यदि राज्यले कला, संस्कृति र सिर्जनशील क्षेत्रमा रोजगारी र अवसर सिर्जना गर्न सक्याे भने अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक सम्पदा उजागर गर्न सकिने र कलाकारहरूको मूल्यांकन र संरक्षणले मात्र देशको सांस्कृतिक पहिचान दिगो हुने बिचार राख्छिन् प्रतिक्षा ।
कला र प्रतिभाको यात्राले आफूलाई आजको आत्मविश्वासी, दयालु र साहसी महिला बनाउने प्रतिक्षाले सन् २०२२ मा सिक्किम नेवा गुथीद्वारा आयोजना गरिएको ‘मिस नेवा सिक्किम’ प्रतियोगितामा भाग लिएर उपाधि जितेको अनुभव पाएको बताउँछिन् । त्यसपछि, मिस सिक्किम २०२३ को प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भई ‘तीन विजेतामध्ये एक’ बन्न सफल भईन् । त्यसैगरी मिस नर्थ–ईस्ट २०२३ मा सिक्किम प्रतिनिधित्व गर्दै शीर्ष पाँचमा पुगीन् । त्यसपछि मिस नर्थ–ईस्ट इन्डिया सुपरमोडेल २०२४ मा पनि विजेतामध्ये एक बन्न सफल भईन् । प्रतिुक्षाले मिस Best Ramp walk २०२३ र मिस ट्यालेन्टेड २०२४ को उपविजेता बन्ने गौरव प्राप्त गरिन् । साथै, ‘Lotus Workshop’ र ‘Himalayan Fashion Week’ जस्ता प्रतिष्ठित कार्यक्रममा Ramp walk गरेर आफ्नो क्षमता प्रदर्शन गरिन् । यी सबै अनुभवहरूले उनलाई अनुशासित र नेतृत्व गुणले सम्पन्न बनायाे ।
हाल उनी नेपालभाषा र संस्कृति (नेवा भाषा र संस्कृति) मा स्नातकोत्तर तहको अध्ययन गरिरहेकी छिन् । सिक्किम सरकारको सहयोगमा सिक्किम नेवा गुथीमार्फत स्रोत व्यक्ति (resource person) का रूपमा काठमाडौँ पठाएकाे बताउने प्रतिक्षाआफ्नाे लक्ष्य भनेको आफ्नो मातृभाषा, संस्कृति, संगीत र परम्पराको गहिरो अध्ययन गरेर सिक्किम फर्किएपछि त्यहाँको नेवा समुदायबीच जागरण फैलाउने र हराउँदै गएको सांस्कृतिक पहिचानलाई पुनः जगेर्ना गर्ने रहेको बताउँछिन् । सिक्किमको नेवा समुदायको पहिचान पुनर्जीवनका लागि आफू गम्भीर रूपमा काम गर्ने प्रतिबद्धतासहित आएको बताउँछिन् । त्यसैगरी, पेजेन्ट क्षेत्रमार्फत पनि आफू निरन्तर अघि बढ्ने लक्ष्य राखेकी र भविष्यमा मिस इन्डिया वा मिस युनिभर्स इन्डिया जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा सिक्किम र आफ्नो समुदायको प्रतिनिधित्व गर्न चाहन्छिन् । नेपालमा रहँदा उनले पाएको अपार माया, मार्गदर्शन र सहयोगप्रति अत्यन्तै आभारी रहेकी र यही समर्थनले आफ्नाे यात्रा अझ स्पष्ट, गहिरो र उद्देश्यपूर्ण बनेको बताउँछिन् ।
कुनै पनि क्षेत्रमा लाग्नुअघि स्पष्ट उद्देश्य र समाजमा सकारात्मक परिवर्तन ल्याउने सोच हुनु जरुरी रहेकाे, कला र संगीत केवल प्रतिभा देखाउने माध्यम होइन, समाजलाई सन्देश दिने शक्तिशाली माध्यम भएकोले नयाँ पुस्तालाई – “आफ्नो संस्कार र roots नबिर्सनुहोस्, निरन्तर मेहनत गर्दै आत्मविश्वासका साथ अघि बढ्नुहोस् । अवसर आफैं आउनेछ जब तपाईं इमानदारी पूर्वक आफ्नो लक्ष्य पछ्याउनु हुन्छ ।” भन्छिन् कलाकार प्रतीक्षा प्रधान ।
ताजा
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





