आदर्श सञ्चारको एकाईगत साधारणसभा बानपामा सम्पन्न
बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिडेट बागलुङको १४ औँ साधारण सभा अन्तरगत बागलुङ नगरपालिका वडा नम्बर ३ र ४ सम्मको एकाई सभामा बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रमुख राजनैतिक सल्लाहकार तथा सहकारी संस्थाका शेयर सदस्य गोबिन्द बहादुर नेपालीले पछिल्लो समय सहकारीहरुको भूमिका प्रभावकारी बन्दै गइरहेको बताउनुभयो ।
उहाँले शुरुमा सहकारी निर्वाहमुखी भएपनि पछिल्लो समयमा व्यावसायिक, उत्पादन तथा सामाजिक कार्यमा सक्रिय भएको बताउनुभयो । ‘अहिले त सहकारीहरु धेरै स्मार्ट बनिसकेका छन्, अझै उत्पादन र रोजगारीमुखी बन्नुपर्दछ’ नेपालीले भन्नुभयो ‘सहकारी आन्दोलनमा आदर्श सञ्चारको भूमिका उल्लेख्य रहेको छ, अझै अगाडी बढोस ।’
आदर्श सञ्चार सहकारी संस्थाले जिल्लाका दुरदराजमा पु¥याएको सेवा प्रशंसनीय रहेको उहाँको भनाई हरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले धौलागिरी क्षेत्रको सहकारी अभियानको प्रवद्र्धनका लागि आदर्शको भूमिका प्रभावकारी रहेको बताउनुभयो । उहाँले सूचना र सञ्चार, वित्तीय कारोबारसंगै सामाजिक रुपान्तरणका लागि आदर्श सञ्चारले खेलेको भूमिका सह्रानिय छ, गौतमले भन्नुभयो, आर्थिक रुपान्तरणसंगै सामाजिक रुपान्तरणका लागि थप शसक्त भएर लाग्नुपर्छ ।
कार्यक्रममा संस्थाका सचिव लालिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक थानेन्द्र गौतमले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै सम्पादक रामबहादुर जिसीले रणनीतिक योजना, शेयर सदस्यको भूमिकाको बारेमा सहजीकरण गर्नुभएको थियो । साधारणसभाले सबै प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य सुरेश प्रसाद श्रेष्ठ, शान्ति लक्ष्मी श्रेष्ठ, कमला क्षेत्री, सिमा केसी, सावित्री शर्मा, गोकुल पाध्या, बाबुराम लम्साल, मुरारी गैरे र संगिता पुनलाई नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो । यस्तै दिर्घकालिन तर्फ उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य हिमालय प्रकाश, देविसरा सिउठानी र निरमाया छन्त्याललाई प्रशंसा पत्र र मायाको चिनो सहित सम्मान गरिएको थियो । यस्तै संस्थाले यस वर्षदेखि अपाङ्गता भएका शेयर सदस्यहरुलाई दिन थालेको एक हजार रुपैया अपाङ्गता भत्ता शेयर सदस्य कृष्ण आचार्यलाई प्रदान गरिएको छ ।
यस्तै शेयर सदस्यका आफन्तको मृत्यु हुँदा प्रदान गरिने मृत्यु राहत रकम अन्र्तगत शेयर सदस्य मिना पराजुलीका सासुआमा दिल कुमारी पराजुलीको मृत्यु राहत रकम हस्तान्तरण गरिएको थियो । संस्थाका सचिव ललिता थापा र शेयर सदस्य राजभापाको २६ औं बैबाहिक वर्षगाठको अवसरमा संस्थाले स्थापना गरेको दैविक प्रकोप तथा राहत कोषममा रु. दुई हजार ६ सय जम्मा गर्नुभएको छ ।
यस्तै दिर्घकालिन बाल बचत तर्फ उत्कृष्ट कारोबार गर्ने संगिता खड्काकी छोरी साहारा कार्की र धनमाया खड्काकी छोरी प्राप्ति खड्कालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । यस्तै कर्जा तर्फ उत्कृष्ट कारोबार गर्ने पार्वती कार्कीलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु)को अध्यक्षता, आदर्श सञ्चार सहकारी संस्था संग एकिकरण भएकोे ओम बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्र बहादुर महतको स्वागत र सह–सम्पादक सिर्जना पन्तको संचालनमा संचालनमा सम्पन्न भएको थियो ।
संस्थाको एकाईगत साधारण सभा २० गतेदेखि काठेखोला गाउँपालिकाबाट सुरु भएको थियो । शुक्रवार वडा नं. १ र २ को एकाई सभा गरिने छ । ७ वटा एकाई सभाबाट छनोट भएका प्रतिनिधिहरुको सभाआगामी २७ गते सम्पन्न हुने संस्थाका प्रबन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





