२९ गते देशभर काँग्रेस देखिने
काठमाडौं । नेपाली कांग्रेसले मंसिर २९ गते सोमबार देशव्यापी प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले ‘कांग्रेस भन्ने पार्टी पनि छ र’ भन्दै आएको बेला गरिने आन्दोलन निर्णायक हुने पनि कांग्रेसले दाबी गरेको छ ।
मंसिर १७ गते तनहुँमा नै एक पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा १९ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पौडेल पक्राउसँगै सरकारका गलत गतिविधिका बारेमा आन्दोलन गर्ने निर्णय गरेको थियो । आन्दोलनका लागि कांग्रेसले आन्तरिक तयारी गरिरहेको छ । नेपाली कांग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पूर्वमन्त्री, प्रतिनिधिसभामा मोरङ–२ बाट निर्वाचित सांसदसमेत रहेका पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई पार्टीले तनहुँ पठाएको बताए । तनहुँ रामचन्द्र पौडेलको गृहजिल्ला हो ।
कांग्रेसले आन्दोलनमा सबै भ्रातृ तथा शुभेच्छुक संघ संगठन पनि परिचालन गर्ने जनाएको छ । मंसिर २९ गते गर्ने तनहुँको आन्दोलनबाट सरकार थर्किने गुरुङले बताएका छन् ।
पार्टीले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेपछि तनहुँ कांग्रेसले पनि आन्दोलनका लागि छलफल गर्न थालेको छ । नेता गुरुङले तनहुँको आन्दोलनलाई प्रभावकारी बनाउन वडा तहसम्म दिनैपिच्छे छलफल गरिँदै आएको जनाए । ‘हामी हाम्रा वरिष्ठ नेता पक्राउको विरोधमा हिजो पनि लागेका थियौं र आगामी दिनमा पनि सरकारको रवैयाको प्रतिकार गर्छौं’ उनले भने ‘ हाम्रो यो आन्दोलनले सरकार सच्चिने छ भन्नेमा विश्वस्त छौं, त्यति गर्दा पनि सरकारले टेरेन भने अर्को कदम चाल्नुपर्छ ।’ उनले मंगलबार पनि बन्दीपुर गाउँपालिकामा छलफल गरेको जनाए ।
मंगलबार प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा पनि कांग्रेसले सरकारको गतिविधिका कारण नै देश संकटमा परेको र नागरिकहरु सडकमा आएको जनाएको थियो ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





