ओली बैठकमा जाँदै गएनन् भने के हुन्छ ?
काठमाडौं । आफ्नै पार्टीको आइतबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गएनन् । आफू अल्पमतमा पर्ने भएपछि बैठक नै वहिष्कार गरेका ओलीले अब के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।
आफू अनुकुल निर्णय हुँदा खुशी भएर जाने र विरोधमा निर्णय हुने भए अथवा आफूलाई केही चित्त नबुझे बैठक नै वहिष्कार गर्ने गरेका ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै हटाउने अर्को पक्षको योजना सफल होला कि नहोला ? ओलीले सचिवालयको बैठक पनि वेवास्ता गर्दै आएका छन् । पार्टीका सर्वोच्च निकाय मानिएको सचिवालयमा ९ सदस्यमध्ये ओलीका ४ जनामात्र छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्ने ओलीको अडान यथावत छ ।
प्रचण्डको जवाफ ओलीले पनि दिइसकेका छन् । ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका छन् । आगामी आइतबार पनि स्थायी समिति बैठक बोलाइएको छ । आइतबार सचिवालयका ४४ जना सदस्यलाई नै दुवै अध्यक्षको प्रतिवेदन अध्ययनको लागि दिइएको छ । ओलीले पार्टीले गरेको कुनै पनि निर्णय नमान्ने भन्दै आएका छन् । ओली विरोधी पक्ष भने पार्टीले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएकाले पार्टीले गरेको जस्तोसुकै निर्णय पनि ओलीले मान्नुपर्ने भन्दै आएको छ । आइतबार फेरि स्थायी समितिको बैठक बस्दै छ ।
ओलीले भने जनताले आफूलाई ५ वर्षका लागि प्रधानमन्त्री बनाएको भन्दै आएका छन्, उनी झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनलाई जनताले नभई संसदीय दलले प्रधानमन्त्री बनाएको हो तर सरकार र पार्टी नै आफ्नोमात्र हो भनेजस्तो व्यवहार गरेकाले ओली एकपछि अर्को गरी संकटमा पर्दै आएका छन् । स्थायी समितिले प्रधानमन्त्रीबाट हटाउने र अर्को विकल्प खोज्ने निर्णय ग¥यो भने उनी के गर्छन् भन्ने प्रश्न पनि सँगै उब्जिएको छ । मंसिर २५ गते बोलाइएको केन्द्रीय समितिको बैठक पनि पौष ५ गतेका लागि सरेको छ । पार्टीमा कुनै पनि छलफल नगरी ओली एकलौटी ढंगले चलेकाले आलोचना भइरहेको छ ।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





