ओली बैठकमा जाँदै गएनन् भने के हुन्छ ?

२०७७ मंसिर २६ गते, शुक्रबार

काठमाडौं । आफ्नै पार्टीको आइतबारको स्थायी समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गएनन् । आफू अल्पमतमा पर्ने भएपछि बैठक नै वहिष्कार गरेका ओलीले अब के गर्लान् भन्ने प्रश्न उब्जिएको छ ।
आफू अनुकुल निर्णय हुँदा खुशी भएर जाने र विरोधमा निर्णय हुने भए अथवा आफूलाई केही चित्त नबुझे बैठक नै वहिष्कार गर्ने गरेका ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नै हटाउने अर्को पक्षको योजना सफल होला कि नहोला ? ओलीले सचिवालयको बैठक पनि वेवास्ता गर्दै आएका छन् । पार्टीका सर्वोच्च निकाय मानिएको सचिवालयमा ९ सदस्यमध्ये ओलीका ४ जनामात्र छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिनुपर्छ भन्ने ओलीको अडान यथावत छ ।
प्रचण्डको जवाफ ओलीले पनि दिइसकेका छन् । ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका छन् । आगामी आइतबार पनि स्थायी समिति बैठक बोलाइएको छ । आइतबार सचिवालयका ४४ जना सदस्यलाई नै दुवै अध्यक्षको प्रतिवेदन अध्ययनको लागि दिइएको छ । ओलीले पार्टीले गरेको कुनै पनि निर्णय नमान्ने भन्दै आएका छन् । ओली विरोधी पक्ष भने पार्टीले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएकाले पार्टीले गरेको जस्तोसुकै निर्णय पनि ओलीले मान्नुपर्ने भन्दै आएको छ । आइतबार फेरि स्थायी समितिको बैठक बस्दै छ ।
ओलीले भने जनताले आफूलाई ५ वर्षका लागि प्रधानमन्त्री बनाएको भन्दै आएका छन्, उनी झापा ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । उनलाई जनताले नभई संसदीय दलले प्रधानमन्त्री बनाएको हो तर सरकार र पार्टी नै आफ्नोमात्र हो भनेजस्तो व्यवहार गरेकाले ओली एकपछि अर्को गरी संकटमा पर्दै आएका छन् । स्थायी समितिले प्रधानमन्त्रीबाट हटाउने र अर्को विकल्प खोज्ने निर्णय ग¥यो भने उनी के गर्छन् भन्ने प्रश्न पनि सँगै उब्जिएको छ । मंसिर २५ गते बोलाइएको केन्द्रीय समितिको बैठक पनि पौष ५ गतेका लागि सरेको छ । पार्टीमा कुनै पनि छलफल नगरी ओली एकलौटी ढंगले चलेकाले आलोचना भइरहेको छ ।

180 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal