दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

काठमाडौं । सरकारले दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने काम हाललाई स्थगित गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै एनओ‌सी जारी गर्ने कार्य हाललाई स्थगित गरिएको जनाएको हो । कोरियामा ‘डी टु’ र ‘डी फोर’ भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीमा बढी प्राथिमकता दिँदा अध्ययनमा निरन्तरता नहुने, पढाइ समय कम भएका विश्वविद्यालयमा भर्ना हुने, कमाउने प्राथिमकताका कारण अध्ययनको निरन्तरतामा समस्या आउने, काम पाउन नसक्नेहरूमा मानसिक समस्य तथा डिप्रेसनमा पर्ने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयमा समेत विद्यार्थी पठाउने गरेकोलगायत समस्या देखिएकोले एनओसीलाई व्यवस्थित र नियमन गर्नेबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल बनेको बताइएको छ।

उक्त कार्यदलको सिफारिसको आधारमा थप निर्णय गर्ने गरी अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसी प्रदान गर्ने काम रोकिएको मन्त्रालयले जनाएको छ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal