‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक

२०८२ बैशाख १२ गते, शुक्रबार

काठमाडौं – आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हेल्लो काँशीरामको नयाँ गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ। बुढासुव्वाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा लोकप्रिय गायक प्रताप दास र मेलिना राईको स्वर सुन्न सकिन्छ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो गीत डान्सिङ जनरामा आधारित छ भने यसका नृत्य निर्देशक चर्चित कोरियोग्राफर कविराज गहतराज हुन्। गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा भव्य सेटमा छायांकन गरिएको हो।
गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायत चर्चित कलाकारहरूको ऊर्जा र नृत्य देख्न सकिन्छ। गीतसँगै चलचित्रको प्रचार प्रसारलाई अझ तीव्र बनाउने उद्देश्यले निर्माण टिमले सार्वजनिक गरेको हो।
यसअघि चलचित्रको फस्ट लुक पोस्टर र टिजर सार्वजनिक भइसकेको छ। रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गरेका हुन् भने चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ। जानकारी अनुसार चलचित्रको कुल लागत करिब डेढ करोड पुगेको छ।

यम आलेको छायांकन रहेको चलचित्रमा मित्र डी. गुरुङले सम्पादन र रंग संयोजन गरेका छन्। हेल्लो काँशीराममा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक रिम विश्वकर्माका अनुसार अभिनेत्री प्रियंका कार्कीलाई यस चलचित्रमा विशेष भूमिकामा देख्न सकिनेछ।

109 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal