वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२ बैशाख १२ गते, शुक्रबार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताएका छन् ।
प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले वर्तमान सरकारले विकास निर्माण र मुलुकको समृद्धिका लागि काम गरिरहेको बताए ।
“राजस्व वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउनेछ, सडक निर्माणको काम धमाधम भइरहेको छ”, उनले भने, “यो सरकार आएपछि विआरआईमा सम्झौता भयो, यो महत्वपूर्ण काम हो ।”
सूचना र प्रविधिको प्रयोगले धेरै कामकाज गर्न सहज भए पनि त्यसको दुरुपयोगले नेपाली समाजमा धेरै असहजता र अस्थिरता निम्त्याएको महासचिव पोखरेलको भनाइ थियो । उनले गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको र अहिले नेपाली समाज समानतातर्फ अघि बढेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले विकासमा फड्को मारेको स्पष्ट पारे ।
“पत्रकारले सिर्जनात्मक भएर समाज र राष्ट्रका लागि भूमिका निवाह गर्नुपर्छ, सूचनाबाटै पत्रकारको सामथ्र्य बढ्छ”, महासचिव पोखरेलले भने । मुलुकलाई सही बाटोमा लैजाने र सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको उल्लेख गर्दै उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पार्टी अग्रसर भएको बताए ।
एमाले सङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकार र मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गरे । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारिकाले महिला पत्रकारको पेसागत तथा व्यावसायिक सुरक्षाका लागि काम गर्ने बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले फोनिज र चौतारीको उद्देश्य श्रमजीवी पत्रकारको हित नै भएकाले सहकार्य गरेर अघि बढ्ने बताए ।
सो अवसरमा चौतारीले सञ्चारिका समूहका नवनिर्वाचित अध्यक्ष पन्थीसहित पदाधिकारी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष लक्की चौधरीसहित पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सम्मानित गरेको थियोे ।
123 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal