व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम
वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई आत्मनिर्भर बनाउने उद्देश्यले गठन गरिएका स्वावलम्वी कृषक महिला समूहका सदस्यहरुलाई तालिम दिईएको हो ।
वालिङ नगरपालिका वडा नं. २ मा भएको तालिमकोे समापन गर्नुहुँदै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले महिलालाई उद्यमशीलतामा जोड्न लागिएको बताउनु भयो । उहाँले भन्नुभयो,“महिलालाई आर्थिक रुपमा सवल बनाउन माटो सुहाँउदो खेती आवश्यक छ ।” सकारात्मक सोचका साथ काम गर्ने हो भने सफलता सहजै प्राप्त हुने उहाँको भनाई छ । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता भएको उहाँले बताउनु भयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले विकास निर्माण र सामाजिक कार्यमा महिलाहरुको सहभागिता बढ्दो रहेको बताउनु भयो । व्यवहार परिवर्तन र जिम्मेवारी बोधका कारण महिलाहरुको सहभागिता बढेको उहाँको भनाई छ ।
दीगो उत्पादन तथा यसको बजारीकरणका लागि पालिकाले काम गरिरहेको अधिकृत सुवेदीले बताउनु भयो ।
महिलाहरुको सक्रियता समाज परिवर्तनका लागि महत्वपूर्ण रहने वडा नं. २ का वडा अध्यक्ष पोतप्रसाद लम्सालले बताउनु भयो । महिलाको पहुँच बृद्धि र व्यवहारपरिवर्तनका लागि आधारशिला तालिम प्रभावकारी हुनेमा जोड दिनुभयो ।
चक्रदेवी स्वावलम्वी सुन्तला उत्पादक महिला कृषक समूहका ३२ जना सदस्यहरुका लागि तीन दिने आधारशिला तालिम प्रदान गरिएको परियोजनाका सामुदायिक सहजकर्ता सुस्मिता पौड्यालले जानकारी दिनुभयो ।
तालिममा पौड्याल सहित विष्णु न्यौपाने र बुद्धिप्रसाद सिग्देलले सहजिकरण गर्नु भएको थियो ।
वालिङ नगरपालिकाका वडा नं. १ देखि ७ सम्म सञ्चालन भईरहेको परियोजनामा एक हजार ६ सय महिला आवद्ध रहेका छन् । जसमा ५६ वटा समूह गठन भएको परियोजनाले जनाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





