मनदेखि गरेको मायाको कदर नभएको गुनासो गर्दै बबिना भिडियो सहित
मन देखि गरेको माया कदर भएन
त्यस पछि त माया गर्ने रहर भएन ।
काठमाडौं । माया पनि किसिम किसिमका हुन्छन्, मन देखि गरेको माया र माया गरेको जस्तो देखाउन गरेको माया । मन देखि गरेको मायामा छल, कपट र भ्रम हुदैन । मनदेखि गरेको माया निःस्वार्थ, साँचो र गहिरो हुन्छ जहाँ स्वार्थ, लालच, वा बनावटीपन रहदैन । यस्तो माया निःस्वार्थ हुन्छ एकअर्का प्रति केही आशा अनि अपेक्षा रहदैन । मन देखि गरेको मायामा समर्पण हुन्छ, इमानदारिता हुन्छ, हर परिस्थितिमा साथ दिने भाव हुन्छ मनदेखि गरेको माया साँचो मायाको अर्को नाम हो जुन कुनै शर्तमा आधारित हुँदैन, मन देखि गरेको मायामा दुई आत्मा गाँसिएको हुन्छ जुन माया कहिल्यै मर्दैन, कहिल्यै कमि हुदैन अनि कहिल्यै डग्मउदैन, मन देखि लाएको माया अजम्मरी हुन्छ ।
यसरी गहिरो भाव र सच्चा मनबाट गरेको माया तर त्यो मायाको कदर वा मूल्यांकन भएन अर्थात्, जसलाई माया गरियो, उसले त्यो मायालाई सम्मान दिएन या बुझेन, वा त्यसको उचित प्रतिक्रिया गरेन, जब यस्तो अनुभव भयो, तब उसको मनमा अव फेरि कसैलाई माया गर्ने चाहना नै हरायो । उसले आफूले गरेको मनै देखिको मायामा विफलता वा अपमानित अनुभूति पछि माया गर्ने रहर नै मरेको छ ।
यस शेरमा दुःख, निराशा, र गहिरो चोटको अनुभूति छ — एक पटक साँचो माया गर्दा त्यसले चोट दियो भने, मन फेरि त्यस्तो भावना दोहोर्याउन डराउँछ वा इन्कार भन्ने भाव यस शेरको रहेको छ ।
आफै तर्किन खोज्यौ रहेन गुनासो
धोखेवाज भन्छौ भन्ने डर भएन
आँफूले मनै देखि लाएको मायालाई कदर नगरेर, लत्याएर, घुर्क्याएर आफै तर्किन खोज्नेलाई किन पो गुनासो गर्नु र रु आफै तर्किए पछि एउटा पाटो सजिलो पनि बन्यो, आँफूलाई धोखेवाजको आरोप आउला भन्ने डर पनि भएन । मन देखि गरेको मायाको कदर नभएर माया गर्ने रहर मरेको बेला उनी तर्किन खोज्नुलाई कुचोले बढार्नु पर्ने धुलो हावाले उडायो भने झैं उसले सहज महशुष गरेको छ ।
दोष कस्लाई दिनु भाग्य नै उस्तै हो
त्यसैले कहि सफल सफर भएन ।
आँफूले मन देखि लाएको मायाको कदर नहुनुमा उसले उनलाई दोष लगाएको पनि छैन । भाग्यमा विश्वास गर्ने ऊ उनी तर्किनु, आफ्नो मन देखिको मायाको सम्मान नहुनु र उनी संग विछोडिनुको कारण आफ्नै भाग्यलाई सम्झन्छन् । लेखेको मात्र पाइन्छ देखेको पाइन्न भने झैं आफ्नो भाग्य नै खोटो भए पछि भाग्यमा नै नलेखिए पछि मनले चाहदैमा प्राप्ति हुदैन भन्ने उसको ठहर छ साथै आफ्ना हरेक सफर सफल नभएको उ स्वीकार गर्दछ । सबै दोष ऊ आफ्नै भाग्यलाई दिन्छ, छोडेर गए पनि उनी संग उ गुनासो गरिरहदैन, आफ्नै भाग्य दोषी ठान्दछ ।
सरोज ‘संगम’ रावलका गजलका शेरहरुले यस्तै भाव बोलेका छन् । उनका गजलका यी शेरहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गजलको भिडियोमा बबिना आफै फिचर्ड छिन् । गजलको ऐरेन्ज किरण कँडेलले गरेका छन्, गीतमा हारमोनियम र तवलाको धुन पनि उनैले भरेका छन् भने सुनिल अर्यालले ढोलक बजाएका छन् । प्रज्ञा स्टुडियोमा रेकर्ड गरिएको उक्त गजलको रेकर्ड, मिक्सिङ र मास्टरिङ शम्भु कुमार तण्डुकारको रहेको छ । गजलको भिडियो ऐ।जे। अजुको निर्देशन र छायाकंनमा निर्माण भएको छ । भिडियोको सम्पादन तथा कलर अनिल विष्ट प्युठानीले गरेका छन् । गायिका तथा संगीतका बबिना भट्टराई बाद्यवादन समुह संग बाद्यवादन सहित स्टेजमा रहेर गजल गाइरहेको भिडियोले गजलको महफिलको अनुभूति गरेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । बबिना आफै फिचर्ड भएकी भिडियोमा यमुना पाण्डेले श्रृङ्गार सहित उपेन्द्र लिम्वु कि बोर्ड,दिपक सापकोटा तवला तथा जय वि।के गितार मा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् ।
‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी‘।’ बोलको अविनाश थापाको शब्दमा पहिलो गीत गाएकी बबिनाकोे १६ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने पछिल्लो समय बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत उनका भजनहरु सार्वजनिक हुदै आएका छन् । महाशिवरात्री पर्वको अवसरमा शिव भजन ‘जय जय शम्भु’ र राम नवमीको अवसरमा ‘मनमा बसाएर राम’ श्री भजन्स् युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । भजन गायनमा विशेष रुचि राख्दै विभिन्न धार्मिक पर्वहरुमा सान्दर्भिक भजनहरु सार्वजनिक गर्दै आएकी बबिनाका आगामी भजनहरु दर्शक, श्रोताहरुले उनको आफ्नै भजन च्यानल ‘श्री भजन्स्’ मार्फत हेर्न र सुन्न सक्नेछन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।
ताजा
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास
२०८३ असार ११ गते, बिहीबार
न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी
२०८३ असार ९ गते, मंगलवार
मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी
२०८३ असार ९ गते, मंगलवार
आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण
२०८३ असार ९ गते, मंगलवार
प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
२०८३ असार ९ गते, मंगलवार
आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ
२०८३ असार ९ गते, मंगलवार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





