संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु, दरबार हत्याकाण्ड दलहरुले गराएका हुन्ः स्वागत नेपाल

२०८२ बैशाख ६ गते, शनिबार

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन परिचालन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपालले दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएको दाबी गरेका छन् ।

आज राजावादीहरुले आयोजना गरेको पृथ्वी पथबारे अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरुले दरबार हत्याकाण्ड गराएको कुरा आफू संसारका जुनसुकै अदालतमा गएर पुष्टि गर्न सक्ने बताएका हुन् । दरबार हत्याकाण्ड हुँदा जसको सरकार हो, उसैले जिम्मेवारी लिनुपर्ने उनले धारणा राखे ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भाइमाराको आरोप लगाइएको बारे आपत्ति जनाउँदै उनले भने,‘सुनिन्छ– भाइमारा, भाइको हत्यारा । म वकिल हुँ, संसारको जुनसुकै अदालतमा पुष्टि गर्न सक्छु– दरबार हत्याकाण्ड नेपालका दलहरुले गराएका हुन् । उनीहरुले जिम्मेवारी लिनुपर्छ । किनकी त्यतिबेला सरकार राजाको थियो रु तिनै दलहरुको थियो । त्यसैले हत्याकाण्ड तिमीहरुले गराएका हौं । दलहरुले यसको जिम्मेवारी लिनुपर्छ । प्रहरी कसको थियो, सरकार कसको थियो रु सडकमा भेटिएको एउटा बेवारिसे लासको पनि जिम्मेवारी सरकारको हुन्छ । त्यसैले दरबार हत्याकाण्डको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र त्यतिबेलासम्मका दलहरुले लिनुपर्छ, उनीहरुले हत्याकाण्ड गराएका हुन् ।’

साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली भारतीय खुफिया एजेन्सीको कर्मचारी रहेको गम्भीर आरोप लगाए । प्रधानमन्त्री ओलीले त्यहाँबाट नियमित रुपमा तलब बुझ्ने गरेको उनको आरोप छ । ‘केपी ओलीज्यू तपाईँले राति १२ बजे भारतीय खुफिया संयन्त्रको प्रमुखसँग एक्लै भेट्नुभएको हो । तपाईँ त्यहाँको कर्मचारी हो । तपाईँ त्यहाँको तलब बुझ्नुहुन्छ । तपाईँले राति १२ बजे एक्लै इन्डियन खुफिया एजेन्सीको मालिकसँग भेटेर, परराष्ट्र मन्त्रालयको कर्मचारीसमेत नगराखेर कति तलब बुझ्नुभयो ? होइन भने के कुरा गर्नुभएको थियो रु कहिल्यै सार्वजनि गर्नुभयो ?’ प्रश्न गर्दै उनले भने

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal