वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।

संस्थाका नेपाल प्रतिनिधि तिर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा। अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो। त्यस्तै, कार्यक्रममा गायिका देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा। प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संयोजन हाल अस्ट्रेलियामा बस्दै आउनु भएका संगीतकार टिका दाहालले गर्नु भएको थियो।

उक्त कार्यक्रममा गायिका बन्दनासँगै बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) पनि सम्मानित हुनुभएको थियो। विश्वभर विभिन्न पेशा, व्यवसाय तथा श्रम क्षेत्रमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाहरूको समूहले स्थापना गरेको इन्टरनेशनल नेप्लिज कम्युनिटी पवित्र उद्देश्यका साथ व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ। हाल अमेरिका निवासी सुजेश लामाले संस्थाको प्रमुख लक्ष्य विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायलाई एउटै छातामुनि ल्याई सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउनु रहेको बताउनुभयो।

संस्थाले हालसम्म सामाजिक सञ्जालमार्फत स्वास्थ्य, साहित्य, कानुनी परामर्श र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, भौतिक रूपमा दैवी प्रकोप पीडित सहयोग, खेलकुद प्रशिक्षण, शिक्षा तथा क्यान्सर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कार्यक्रममा संस्थाका सदस्यहरू र संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal