तीनकुनेको हिंसात्मक प्रदर्शन संविधान समाप्त पार्ने र व्यवस्था उल्ट्याउने उद्देश्यकबाट प्रेरित थियोः गृहमनत्री लेखक

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते राजवादी समूहरुले काठमाडौंको तीनकुनेमा हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृङ्खल ढङ्गले कार्यक्रम गरेको बताएका छन् ।

आज प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका गृहमन्त्री लेखकले उक्त हिंसात्मक घटनाको उद्देश्य नै संविधान समाप्त गर्ने र लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने रहेको बताए ।

‘तीनकुनेमा जुन प्रदर्शन भयो, घटना भयो । यसमा कुनै दुविधा छैन । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको, हामीले अवलम्बन गरेको राज्य व्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तिपूर्ण, आफ्ना धारणा राख्ने र आलोचना गर्ने, सरकारलाई खबरदारी गर्ने, आफ्ना विचारहरु अभिव्यक्त गर्नेमात्रै उद्देश्यले प्रेरित थियो भन्ने भममा हामी पर्यौं भने यो ठीक हुँदैन । यसको मुख्य उद्देश्य नै संविधानलाई समाप्त पार्ने, लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने थियो,’– गृहमन्त्री लेखकले भने ।

गत फागुन ७ गते प्रजातन्त्र दिवस दिन पूर्वराजाले दिएको अभिव्यक्ति, २५ गतेको प्रदर्शनलगातको पृष्ठभूमिलाई केलाएर हेर्दा पनि तीनकुनेको उक्त हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र व्यवस्था सकाउने उद्देश्यबाट प्रेरित भएको कुरा कहीँकतै नलुकेको उनले बताए ।

मन्त्री लेखकले तीनकुने घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको र दुवैका परिवारलाई उपलब्ध गराउने निर्णय हुने अन्तिम तयारीमा रहेको बताए । उक्त घटना नियोजित रुपमा भएको पनि मन्त्री लेखकको दाबी छ ।

97 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक 

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आज बजेट सार्वजनिक हुँदै

२०८३ जेष्ठ १५ गते, शुक्रबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ जेष्ठ १४ गते, बिहीबार

आज बकर इदः देशभर सार्वजनिक बिदा

२०८३ जेष्ठ १४ गते, बिहीबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal