मन्जली तामाङको गरिबलाई कानुन गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं । राजावादी र गणतन्त्रवादीको फटाहा नेतालाई दनक दिएको लेडी र्यापर मन्जली तामाङले आफ्नो नयाँ र्याप गीत ‘गरिबलाई कानुन’ सार्वजनिक गरेकी छन् । सामाजिक न्याय, कानुनी विभेद र गरिबीको वास्तविकता उजागर गर्ने उद्देश्यले तयार पारिएको यो गीतले दर्शक र श्रोताहरूको मन जित्न सफल भएको छ । गीतलाई मन्जली तामाङ ( लेडी र्यापर अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रिलिज भएलगत्तै गीतले सामाजिक सञ्जालमा ट्रेन्ड गर्न थालेको छ । श्रोताहरूले गीतको सशक्त शब्द, दमदार र्याप, र प्रभावशाली म्युजिक भिडियोलाई प्रशंसा गरिरहेका छन्।

गीतको शब्द र संगीत पत्रकार विवेक लोप्चनले तयार पारेका हुन् । गीतमा सुस्मिता स्याङतान र कोशिस थोकरको सशक्त गायन रहेको छ । त्यस्तै मन्जली तामाङ (लेडी र्यापर), निमा लामा, र निमा लामा (र्याप स्टार) ले र्याप सेग्मेन्टमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् । उनीहरूको दमदार र्याप डेलिभरीले गीतलाई झनै प्रभावशाली बनाएको छ।
गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका छन्, जसले गीतलाई उत्कृष्ट ध्वनि संयोजन दिएका छन्।गरेका छन् । गीतको भिडियोलाई अमिर दोङ्गले निर्देशन तथा सम्पादन गरेका छन् भने छायाङ्कन त्रिलोक लामाले गरेका छन्। भिडियोले गीतको भावनालाई अझै गहिरो रूपमा दर्शाउने प्रयास गरेको छ । भिडियोमा हास्य कलाकार कुइसाङ्ग रुम्बा, मांगले तामाङ, मिलन तामाङ, राजु मगर, बि टु भाइ, दिपेश एस के, र अरुणको दमदार अभिनय देख्न सकिन्छ। उनीहरूको भूमिकाले भिडियोमा यथार्थपरक प्रभाव पार्न सफल भएको छ ।
सार्वजनिक भएसँगै गीतले युट्युबमा उच्च प्रतिक्रिया पाइरहेको छ। पहिलो दिनमै हजारौं भ्यूज, लाइक्स, र सकारात्मक कमेन्टहरू बटुल्दै, गीतले चर्चा पाएको छ । श्रोताहरूले गीतको लय, शब्द, र भिडियोको उच्च गुणस्तरलाई खुलेर प्रशंसा गरिरहेका छन्। गीतमा उठाइएको सामाजिक विषयवस्तु गम्भीर भएको हुँदा, धेरै दर्शकहरूले यसलाई नेपाली कानुनी प्रणालीको यथार्थ प्रतिबिम्ब भनेका छन् । गीत सार्वजनिक भएसँगै लेडी र्यापर मन्जली तामाङले सामाजिक सञ्जालमार्फत आफ्ना दर्शक तथा श्रोताहरूलाई धन्यवाद दिएकी छन्। उनले लेखेकी छन्स्ूयो गीत केवल मनोरञ्जनका लागि मात्र होइन, समाजमा परिवर्तन ल्याउने एउटा अभियान पनि हो। हामी सबैको आवाज बुलन्द पार्नुपर्छ।ूउनका सह(कलाकारहरूले पनि यो गीतले नेपाली हिप(हपलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य राखेको बताएका छन्।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





