प्रविन बज्राचार्यको मायामा मायामा सार्वजनिक (भिडियो)

२०८१ चैत्र १७ गते, आईतवार

काठमाडौं । नेपाली संगीत प्रेमीका लागि नयाँ गीत ‘मायामा मायामा’ सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक तथा संगीतकार प्रविन बज्राचार्यको स्वर र संगीतमा तयार पारिएको हो। यस गीतका गीतकार ओम लाल अकेला हुन्, जसले प्रेममा रहेका मानिसहरूको भावना अभिव्यक्त गरेका छन्।

गीतलाई आकर्षक बनाउने कार्य एरेञ्जर दिपेश सिंहले गरेका छन्। यसको भिडियो अमेरिकाको क्यालिफोर्नियामा रहेको Clove and Hoof Restaurant को सहकार्यमा निर्माण गरिएको हो। भिडियोका निर्माता कल्यान महत हुन्। भिडियोमा बिना राउत र राजेश भट्टराईले अभिनय गरेका छन्, जसले प्रेम र भावनात्मक संवेदनालाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन बलकुमार मगर र गोपाल मगरले गरेका छन् भने सम्पादन बलकुमार मगर स्वयंले गरेका छन्। निर्देशनको जिम्मेवारी कपिल कार्कीले सम्हालेका छन्, जसले कथा र दृश्यांकनलाई आकर्षक शैलीमा प्रस्तुत गरेका छन्। ओएसआर डिजिटल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो म्युजिक भिडियोलाई दर्शक(श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

131 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal