चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौं । जनमत पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता प्रक्रिया आफूहरुको तर्फबाट टुङ्गिइसकेको बताएका छन् ।

आज नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनमत र नाउपाबीच अब छिट्टै एकीकरण हुने बताएका हुन् । जनमतको तर्फबाट पार्टी एकताका लागि अब केही कानुनी र प्राविधिक पाटोमात्रै टुङ्गिन बाँकी रहेको उनले बताए ।

नाउपाका संरक्षक रहेका रेशमलाल चौधरीले केही समयअघि आफूहरुबीच एकता हुन लागेको खुलासा गरेका थिए । जनमतका अध्यक्ष डा।सिके राउत र चौधरीबीच एकदमै सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको छ ।

नाउपा पार्टीले पनि प्रक्रियागत रुपमा पार्टी एकताको विषय टुङ्ग्याउँदै गएको उनले बताए । ‘नागरिक उन्मुक्ति पार्टीसँगको एकीकरणको कुरा एकदमै सकारात्मक रुपमा अगाडि बढेको छ । हाम्रो तर्फबाट हामीले करिब–करिब सबै कुरा टुङ्ग्याइसकेका छौं । केही प्राविधिक र कानुनी कुराहरु बाँकी छ । रेशम चौधरीको पार्टीबाट पनि प्रक्रियागत रुपमा त्यसलाई टुङ्गो लगाउने कुरा हुँदैछ र छिटै हामीबीच एकीकरण हुन्छ भन्ने हामी विश्वस्त छौं,’– उनले भने ।

124 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal