मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने

२०८१ फाल्गुन २६ गते, सोमबार

काठमाडौं र रास्वपाका सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय एकदमै नजिक आएको भन्दै छिट्टै विशेष सम्बोधन गर्ने घोषणा गरेका छन् । जिल्ला अदालत रुपन्देहीले सुप्रिम सहकारी प्रकरणमा आफूसँग मागेको १ करोड धरौटी खारेजको माग लिएर उच्च अदालत तुलसीपुरको बुटवल इजलाशमा गएका रविले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

अदालतको मुख्यद्धारमा मिडियाकर्मीहरुसँग घेरिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘मेरो तर्फबाट कानून व्यवसायीले बोल्नुहुन्छ, मेरो बोल्ने समय एकदम नजिक आउँदैछ । म एकदम तयारीमा बसिरहेको छु । एकदम प्रतिक्षा गर्नुहोला । तपाईंहरुलाई थाहा छ त म बोल्ने नै मान्छे हुँ । अहिले म त्यही अवस्थामा छु अलिकति । अलिकति प्रतिक्षा लाईनमा छु । अब प्रतिक्षा लामो छैन् । एकदम छोटो समयपछि म विशेष सम्बोधनसहित साथीहरुको जिज्ञासाको जवाफ दिन आउँदैछु।’

125 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal