‘केपी ओली कप’ हेर्न विश्वकप च्याम्पियन इटालियन लेजेन्ड बुफोन नेपाल आउने

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । आइतबारबाट सुरु हुन लागेको ‘केपी ओली कप फुटबल’ हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको ओली कप फुटबलको खेल हेर्न उनी नेपाल आउन लागेका हुन् । उनी करिब एक साता नेपालमा बस्ने बताइर्एको छ ।

सन् २००६ मा इटालीले विश्वकप जित्दाका महत्त्वपूर्ण सदस्य रहेका बुफोन नेपाल आउने भएपछि ओली कप फुटबलको रौनकता फरक हुने युवा संघले जनाएको छ । इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।
नेपाल युवा संघले आयोजना गर्ने प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ।

११ गतेबाट सुरु हुने प्रतियोगीताको उद्घाटन खेलमा आहा रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबिच हुनेछ। त्यो खेलको विजेताले क्वाटरफाइनलमा संकटा क्लबको सामना गर्नेछ।
फागुन १२ र १३ गते समान २ खेल हुनेछन्। फागुन १२ गते त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब बिच प्रतिष्पर्धा हुनेछ। त्यसै दिन आयोजक टोली केपी ओली एफसी र एनआरटीबिच खेल हुनेछ।

फागुन १३ गते संकटा र उद्घाटन खेलको विजेता तथा मच्छिन्द्र फुटबल क्लब र भुटानको एफसी ट्रान्सफर युनाइटेडबीच हुनेछ। सेमिफाइनल फागुन १६ र १७ गते तथा फाइनल १९ गते हुनेछ।
सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् । मछिन्द्रले यसअघि भएको संस्कणको उपाधि जितेको थियो ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा

२०८३ आश्विन १० गते, शनिबार

प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

२०८३ आश्विन १० गते, शनिबार

एकपल्ट पुग्नै पर्ने ठाउँ, काभ्रेको अनैकोट भ्यू टावर

२०८३ आश्विन १० गते, शनिबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal