पूर्वराजाले बोलेवापत जेल हाल्न हुँदैनः जनार्दन शर्मा

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले बोलेवापत लोकतन्त्रमा कसैलाई पनि जेल हाल्न नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रलाई बोलेकै आधारमा लोकतन्त्र मान्नेहरुले जेल हाल्न नहुने बताए ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष (पूर्व माओवादी उपाध्यक्ष( डा.बाबुराम भट्टराईले पूर्वराजालाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिइरहेको अवस्थामा शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेता शर्माले राजा फाल्नेहरु आफैं राजा बन्ने गल्ती भने गर्न नहुने बताए । ‘हिजो राजाको बारेमा हामीले बोल्यो भने हामीलाई लगेर जेलमा हालिन्थ्यो । हामी लोकतन्त्र मान्ने भएको हुनाले पूर्वराजा पनि बोल्न पाइन्छ’ उनले भने, ‘बोलेवापत जेल हाल्न हुँदैन । बोल्ने भन्दा अरु केही हो भने त्यो त भोलि थाहा होला । बोल्ने त अधिकार नै दिएका छ त संविधानले ।’

128 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal