ओली र प्रचण्डले नेपाललाई पूर्ण रूपमा चीनको पोल्टामा हालिदिएः डा. डिदिक्षत
काठमाडौं । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै चीनतिर ढल्किएकोको कारणले नेपालमा चिनियाँहरुको बोलवाला भएको आरोप लगाएका छन् ।
उनले नेपाल बीआरआईमा गएपछि भारत र अमेरिकाले नेपाल अब पूर्ण रुपमा चीनतिर ढल्किएको भनेर हेरेको पनि टिप्पणी गरे । उनले अब नेपाललाई अलिकति अप्ठ्यारो हुने भविष्यवाणी गरे । उनले ओली र प्रचण्डहरुले नेपाललाई पूर्ण रुपमा चीनको पोल्टामा हालिदिएको गम्भीर आरोप लगाए ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा उनले अमेरिकाको पनि अहिले चीनसँग मित्रता नभएको टिप्पणी गरे । नेपाली राजनीतिमा किन चिनियाँ कार्ड प्रयोग भयो त ? भन्ने प्रश्नमा उनले भने,‘चाईनिज कार्ड प्रयोग भएको होईन, यो त हाम्रो कम्युनिष्ट जुन भाइहरु छन्, खासगरी ओलीजी र प्रचण्डजीको उदय भयो, खास ओली नै भनौं, ओलीको जबदेखि प्रधानमन्त्री काल भयो, उनी यसरी चाइनातिर ढल्किदिए, उनले इण्डियालाई पनि लात हानेर इलेक्शन जितेका हुन् । उनले इण्डियालाई लात हान्दाहान्दै चाइनातिर यति ढल्किदिएका चाइनिजको यहाँ बोलावाला भयो ।
उनले भने,‘अमेरिकाको पनि अहिले मित्रता चीनसँग छैन । भारतको पनि चीनसँग मित्रता छैन । चीनसँग ननमित्रता भएकाहरु भारत र अमेरिकाले नेपाललाई हेर्ने नजर एउटै पर्यो । हामी नेपालीहरु कम्प्लिट्ली चाईना कार्डमा परेका छौं । ओली र प्रचण्डजीको कृपाले गर्दाखेरि, जुन नेपालमा कम्युनिष्ट सरकार बन्यो त्यसबेलादेखि हामीले चाइनिजहरुलाई नेपालमा हात हाल्न दियौं, चिनियाँहरुको बोलावाला चल्दाखेरि हामीले अमेरिकालाई पनि चिढ्याएछौं । अहिले ट्रम्पको उदय भएपछि र भारतमा पनि मोदीको उदय भएपछि दुवैले नेपालमा हेर्ने नजर एउटै बनाएका छन । दुवैको नजरमा हामी चीनतिर ढल्किएका थियौं ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





