ओली र प्रचण्डले नेपाललाई पूर्ण रूपमा चीनको पोल्टामा हालिदिएः डा. डिदिक्षत
काठमाडौं । नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दीक्षितले केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि नै चीनतिर ढल्किएकोको कारणले नेपालमा चिनियाँहरुको बोलवाला भएको आरोप लगाएका छन् ।
उनले नेपाल बीआरआईमा गएपछि भारत र अमेरिकाले नेपाल अब पूर्ण रुपमा चीनतिर ढल्किएको भनेर हेरेको पनि टिप्पणी गरे । उनले अब नेपाललाई अलिकति अप्ठ्यारो हुने भविष्यवाणी गरे । उनले ओली र प्रचण्डहरुले नेपाललाई पूर्ण रुपमा चीनको पोल्टामा हालिदिएको गम्भीर आरोप लगाए ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा उनले अमेरिकाको पनि अहिले चीनसँग मित्रता नभएको टिप्पणी गरे । नेपाली राजनीतिमा किन चिनियाँ कार्ड प्रयोग भयो त ? भन्ने प्रश्नमा उनले भने,‘चाईनिज कार्ड प्रयोग भएको होईन, यो त हाम्रो कम्युनिष्ट जुन भाइहरु छन्, खासगरी ओलीजी र प्रचण्डजीको उदय भयो, खास ओली नै भनौं, ओलीको जबदेखि प्रधानमन्त्री काल भयो, उनी यसरी चाइनातिर ढल्किदिए, उनले इण्डियालाई पनि लात हानेर इलेक्शन जितेका हुन् । उनले इण्डियालाई लात हान्दाहान्दै चाइनातिर यति ढल्किदिएका चाइनिजको यहाँ बोलावाला भयो ।
उनले भने,‘अमेरिकाको पनि अहिले मित्रता चीनसँग छैन । भारतको पनि चीनसँग मित्रता छैन । चीनसँग ननमित्रता भएकाहरु भारत र अमेरिकाले नेपाललाई हेर्ने नजर एउटै पर्यो । हामी नेपालीहरु कम्प्लिट्ली चाईना कार्डमा परेका छौं । ओली र प्रचण्डजीको कृपाले गर्दाखेरि, जुन नेपालमा कम्युनिष्ट सरकार बन्यो त्यसबेलादेखि हामीले चाइनिजहरुलाई नेपालमा हात हाल्न दियौं, चिनियाँहरुको बोलावाला चल्दाखेरि हामीले अमेरिकालाई पनि चिढ्याएछौं । अहिले ट्रम्पको उदय भएपछि र भारतमा पनि मोदीको उदय भएपछि दुवैले नेपालमा हेर्ने नजर एउटै बनाएका छन । दुवैको नजरमा हामी चीनतिर ढल्किएका थियौं ।’
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





